Epost Nepal

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिवारबाट

७ बैशाख, काठमाडौं – नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा दुई हजार ४५४ प्रतिनिधि सहभागी हुने भएका छन् ।

शनिवारबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक र हिरक महोत्सव तयारीका सन्दर्भमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एमालेले सो जानकारी गराएको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र ३ सय ८१ जना आयोजक छन् । केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्यबाहेकका केन्द्रीय सदस्यलाई एमालेले आयोजक मानेको छ ।

परिषद् बैठक ८ र ९ बैसाखसम्म चल्नेछ भने १० बैशाखमालाई पार्टी स्थापनाको ७५ औं वर्ष प्रवेशलाई हिरक महोत्सवको रुपमा मनाउने एमालेको तयारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा बैठक र महोत्सव आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search