Skip to main content

Epost Nepal

संघीय संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते आहृवान गर्न सिफारिस

९ माघ, काठमाण्डौं – सरकारले संघीय संसद्‌को हिउँदे अधिवेशन यही माघ २२ गते आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक २२ गते अपराह्न ४ बजे बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आहृवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’

बजेट अधिवेशन २०८० असार १८ मा अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *