५ भदौ, काठमाडौं — काठमाडौंको बाँसबारीमा साढे २ तले एउटा घर भासिएको छ ।
काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित उक्त घर बिहीबार बेलुकी करिब ८ बजे भासिएको महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार लगातारको वर्षाका कारण घर भासिएको हो ।
उक्त घरमा यसअघि न्यू गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो । तर, घर भासिँदा त्यहाँ कोही पनि नरहेकाले मानवीय क्षति भने हुन पाएन ।
महानगरपालिकाले घटनामा मानवीय क्षति नभएको जनाएको छ ।