Epost Nepal

दाहालले अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम गरिरहेको छन्: नेकपा एमालेका महासचिव शंकर पोखरेल

दाहालले अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम गरिरहेको छन्: नेकपा एमालेका महासचिव शंकर पोखरेल

दाहालले अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम गरिरहेको छन्: नेकपा एमालेका महासचिव शंकर पोखरेल

२० भदौ, सुर्खेत - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम गरिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी अध्यक्ष दाहाले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । ‘प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’ उनले भने, ‘त्यो लोकतान्त्रिक हुनै सक्दैन ।’ आफूहरूको आशय दुई दलीय व्यवस्था नभइ फरक विचारका दुई दल भए पुग्छ भन्ने…
Read More
संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न प्रचण्डले गरे कार्यकर्तालाई आह्वान

संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न प्रचण्डले गरे कार्यकर्तालाई आह्वान

२० भदौ, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन् । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरे । जनयुद्धलाई संविधानले सशस्त्र संघर्षका रुपमा सम्बोधन गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ’ भनेर लेखिएको स्पष्ट पारे । 'व्याख्यात्मक टिप्पणीमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्,' उनले भने, 'संविधानविपरीत बोल्ने…
Read More
कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

२० भदौ, काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र…
Read More
हामी कुनै पनि खाले निरंकुश र अनुशासनहीनतालाई अस्वीकार गर्छौं: प्रधानमन्त्री केपी शर्मा ओली

हामी कुनै पनि खाले निरंकुश र अनुशासनहीनतालाई अस्वीकार गर्छौं: प्रधानमन्त्री केपी शर्मा ओली

१९ भदौ, काठमाडौं - नेकपा एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थीको नाममा कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा दुई दिनसम्म बसेको बैठकले वामपन्थी मोर्चाको सम्भावना नरहेको निष्कर्ष निकालेको हो । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको निष्कर्ष सुनाउँदै भने, 'वामपन्थीको नाममा तत्काल कुनै मोर्चा बन्दैन । त्यसको सम्भावना पनि छैन ।' बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आचरणहीन र चरित्रहीन कुरा पार्टीले नसहने बताएका थिए । 'पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि चल्दैन । कि राजनीति गर कि इन्जोए गर,' उनले भने । अध्यक्ष ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा पनि सुधार देखिएको बताए ।…
Read More
शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौँ: प्रतिनिधिसभा सदस्य गगनकुमार थापा

शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौँ: प्रतिनिधिसभा सदस्य गगनकुमार थापा

१९ भदौ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा उनले नेपालको संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्णरूपमा हटाउनुपर्ने बताए । उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभइ प्राधिकरण बनाउनुपर्ने प्रश्ताव गरे । उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र स्वायत्त हुनुपर्ने भन्दै स्वायत्त भएमात्रै राम्रोसँग काम गर्नसक्ने बताए । महामन्त्री थापाले शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गर्नपनि आग्रह गरे। मिलान गर्नेकुराको सन्दर्भमा शिक्षकको उत्तिर्णाङ्‍क ५० प्रतिशत अनिवार्य राख्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘जिल्ला…
Read More
बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद छैन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद छैन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

१९ भदौ, काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए । ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ । चुनौतिपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरु अझ बढी जागरुक हुनुहुनेछ । कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ । प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान् । तर…
Read More
लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श कमजोर हुँदै गइराखेको छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श कमजोर हुँदै गइराखेको छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१९ भदौ, काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई दुई दलीय शासन अधिनायकवाद तर्फ लैजाने खोजिएको भन्दै अब त्यसविरुद्ध विपक्षीहरूलाई समेटेर लैजानुपर्ने बताएका छन् । बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समेटेर लैजानुपर्ने बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 'सबै प्रतिपक्षलाई समाहित गर्दै संसदमा भएको हाम्रो शक्तिलाई पनि प्रभावकारी बनाउने । त्यसको साथसाथै अन्य फोरमहरुमा पनि सरकारको जनविरोधी क्रियाकलापहरु, भ्रष्टाचार विरोधी अभियान रोकिएको छ, छोपछाप पार्न लागिरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको छ । दुई दलिय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले…
Read More
एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ: प्रधानमन्त्री केपी शर्मा ओली

एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ: प्रधानमन्त्री केपी शर्मा ओली

१८ भदौ, काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय दिन पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न एमाले नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासल बालकुमारीमा मंगलबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा  उनले यस्तो निर्देशन दिएका हुन् । साथै उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने बताए । ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने बताए । ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ । यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ ओलीको भनाइ उल्लेख गर्दै प्रचार विभाग…
Read More
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

१८ भदौ, काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समितिका सभापति सूर्य थापाले सहकारी बचतकर्ताहरूको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएकाले १५ दिनको समय थप गरिदिन भन्दै प्रस्ताव राखेका थिए । सार्वजनिक बिदाका दिन र कार्यालय समयबाहेकका बेलासमेत काम गर्दा पनि समय अपुग भएको भन्दै सभापति थापाले १५ दिन समय थपका लागि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पास भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । २०८१ जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्था…
Read More
‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता हो: नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको  संगठन

‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता हो: नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको  संगठन

१८ भदौ, काठमाडौं - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिका विषयमा पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ । मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता रहेको जनाएको हो । साथै मञ्चले तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न  र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेको छ । 'बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search