Epost Nepal

हामी कुनै पनि खाले निरंकुश र अनुशासनहीनतालाई अस्वीकार गर्छौं: प्रधानमन्त्री केपी शर्मा ओली

१९ भदौ, काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थीको नाममा कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा दुई दिनसम्म बसेको बैठकले वामपन्थी मोर्चाको सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको निष्कर्ष सुनाउँदै भने, ‘वामपन्थीको नाममा तत्काल कुनै मोर्चा बन्दैन । त्यसको सम्भावना पनि छैन ।’ बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आचरणहीन र चरित्रहीन कुरा पार्टीले नसहने बताएका थिए । ‘पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि चल्दैन । कि राजनीति गर कि इन्जोए गर,’ उनले भने ।

अध्यक्ष ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा पनि सुधार देखिएको बताए । उनले समाजमा अराजकता बढिरहेकोप्रति चिन्तासमेत व्यक्त गरेको विभाग प्रमुख गौतमले भने । ‘हामी नागरिक सर्वोच्चता चाहन्छौं । हामी कुनै पनि खाले निरंकुश र अनुशासनहीनतालाई अस्वीकार गर्छौं,’ ओलीले भने ।

त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने बताए । ‘निर्वाचनमा एमालेले नीति तथा कार्यक्रमको आधारमा एक्लै चुनाव लड्छ । कसैको बैशाखी टेक्दैन,’ ओलीले भने । त्यस्तै संविधानमा देखिएका समस्याहरू पुनरावलोकन हुने निष्कर्ष पनि एमालेले गरेको छ । गौतमका अनुसार पुनरावलोकनका आधारमा कहाँ-कहाँ संशोधन आवश्यक छ । त्यहाँमात्रै संशोधन गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search