Epost Nepal

धरान उपमहानगरका मेयर हर्क साम्पाङको गतिविधिबाट सामाजिक दूरी र द्वन्द्व बढ्ने नेपाल पत्रकार महासंघको निष्कर्ष

२८ पुस, काठमाडौं – नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका गतिविधिहरूले सामाजिक दूरी र द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको ठहर गरेको छ। सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययनपछि महासंघले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।

पत्रकार महासंघले मेयर साम्पाङका क्रियाकलापले धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको ठहर गर्दै त्यसबारे विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। महासंघको स्थलगत अध्ययन टोलीमा केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, र वरिष्ठ पत्रकार हर्ष सुब्बा सहभागी थिए।

मेयर साम्पाङद्वारा पत्रकारमाथि धम्की

पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि “हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान” शीर्षकमा समाचार लेखेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। यस विषयमा अध्ययन गर्न महासंघले टोली पठाएको थियो।

प्रतिवेदनमा मेयर साम्पाङले आलोचना गर्ने पत्रकारहरूलाई गाली गलौज गर्ने, धम्की दिन समर्थकहरूलाई उक्साउने, र भौतिक आक्रमणसम्मको वातावरण सिर्जना गरेको उल्लेख छ। साथै, नगरका सूचनाहरू प्रदान नगर्ने, पत्रकार र उनीहरूका परिवारलाई मानसिक तनाव दिने गरी अभिव्यक्ति दिने जस्ता क्रियाकलापले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर क्षति पुऱ्‍याएको देखिएको छ।

श्रमदान अभियान सकारात्मक तर आर्थिक अपारदर्शिता गम्भीर

महासंघले मेयर साम्पाङको श्रमदान अभियानलाई सकारात्मक मान्न सकिने उल्लेख गरे पनि त्यसबाट संकलित रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर मनोमानी ढंगले खर्च गरेको देखिएको प्रतिवेदनले औंल्याएको छ। यसले स्थानीय सरकारको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको महासंघको भनाइ छ।

पत्रकारिता र पत्रकारको सुरक्षाप्रति गम्भीर चुनौती

पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिताको सुरक्षा जोखिममा रहेको स्पष्ट पारेको महासंघले जनाएको छ। पत्रकार र उनीहरूका परिवारलाई मानसिक तनाव दिइनु संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको ठहर महासंघको छ।

महासंघले मेयर साम्पाङले श्रमदानमार्फत धरानको विकासमा सकारात्मक पहल गरे पनि आलोचनालाई अस्वीकार गर्दै प्रेसमाथि प्रहार गरेको निष्कर्ष सार्वजनिक गरेको छ। यस विषयमा राज्य संयन्त्रले तत्काल छानबिन गर्नुपर्ने महासंघको माग छ।

ध्यानाकर्षण र सुझाव

महासंघले मेयर साम्पाङको क्रियाकलापबारे गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। साथै, पत्रकारलाई सुरक्षित वातावरण उपलब्ध गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search