Epost Nepal

उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन दिइदैन: प्रधानमन्त्री केपी शर्मा ओली

२६ कात्तिक, विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् ।

सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने बताए । उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले १ वर्ष ८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे ।

उनले प्रदेशले अधिकार माग्नेभन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरे । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले एसपीपी सम्झौताबारे कुनै कुरै नभएको स्पष्ट पार्दै यसका विषयमा माओवादीले लगाएको आरोप सरकारबाट हट्नु परेको छटपटीमात्र भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search