गाजा, २७ मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
स्वेट मार्डन प्रकृतिको काममा न त कहीँ दुर्बलता छन् अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ । जो व्यक्ति यस बाटोको अनुसरण गर्दैन, उसको पतन ऊ आफैले गर्दछ । मानी लिनुहोस् एक भीड भएको बसमा यात्रा गर्दा तपाईँको ज्याकेटको फास्नर काटेर तपाईँको गोजीमा भएको सम्पूर्ण पैसा सखाप पारियो, के अब तपाईँ दोस्रो पटक पनि खल्तीमा पैसा राखेर त्यसरी नै यात्रा गर्नुहुन्छ ? गर्नु हुन्न । तपाईँ यस घटनाबाट एक पाठ सिक्नुहुन्छ । ठिक यसै प्रकार जब तपाईँको जीवनमा कुनै गल्तीको कारण कुनै हानी हुन जान्छ, त्यसपछि…
काठमाडौँ, आश्विन २९ गते । नेकपा(एमाले)का नेता भीम रावलले ट्विट गर्दै भन्छन् , 'नेपाली भूभाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोसी प्रदेशमा देखियो, यदि यही नै सङ्घीयताको मानक हो भने यस्तो सङ्घीयता देश जोगाउन खारेज गरिनु पर्छ।'
* * मोहनविक्रम सिंह सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेका केही मान्छेहरू जीवनको लामो अवधिसम्म सक्रियताका साथ क्रियाशील हुन्छन् । उनीहरूको ऊर्जामा कुनै कमी आएको हुँदैन । मानसिक र शारीरिक रूपमा स्वस्थ भएका कारण पनि उनीहरूमा त्यस प्रकारको ऊर्जा आउन सम्भव हो । राजनैतिक तथा वैचारिक सिद्धान्तमा मात्र सीमित भएर त्यस प्रकारको ऊर्जाको निरन्तरता सम्भव नहोला । मानिसलाई व्यक्तिगत कुराहरूले पनि प्रभाव पारिरहेको अवस्था हुन्छ । शारीरिक कुराहरूले प्रभाव पारिरहेको हुन्छ । अनि ती प्रभाव र चुनौतीहरूको सामना गर्न सकिएन भने सामाजिक तथा राजनीतिक क्रियाशीलता नकारात्मक असर पर्न सक्छ । आफ्नो राजनैतिक तथा सामाजिक यात्रामा लामो अवधिसम्म भूमिका निर्वाह नहुन सक्छ । त्यस…
एकराज पाठक, काठमाडौँ ।नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ?नेपालमा दुई–दुई पटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ । सहज होस् पनि कसरी ? तीस वर्षको अभ्यासमा संविधानमाथि रहेका राजालाई संविधानमुनि राख्नुपरेको थियो र देशको शासन सत्ताको बागडोर राजनीतिक दलमा ल्याउनुपरेको थियो । त्यसैले विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनः स्थापना गरेपछि बनेको अन्तरिम सरकारका सामु संवैधानिक राजतन्त्रात्मक संविधान निर्माण पहिलो र जटिल काम थियो । राजा वीरेन्द्रको राजनीतिक उदारताबाट चाँडै बहुदलीय व्यवस्थाको घोषणा हुन पुग्यो भनिरहेका पञ्चायतका शक्तिहरूले राजालाई संविधानको…
राम कार्की कुनै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा सिधै केन्द्रीय समितिको पद पाइहाल्ने संस्कृति विकास भएको अवस्था छ । तर नेकपा(मसाल)मा पार्टी प्रवेश गर्दा पार्टी सदस्य पाउन बर्षौ कुर्नु परेको बताउनुहुन्छ, नेता राम कार्की । महामन्त्री मोहन विक्रम सिंहसँग पार्टी सदस्यताको लागि अनुरोध गर्दा पनि ‘बाहिरबाट आउनेको परीक्षण काल बढी हुने भएकोले अझ लामो प्रक्रियामा जानुपर्ने भन्नुभएको’ बताउनु हुन्छ, नेता कार्की । ‘आफूभन्दा तल्लो समितिमा काम गर्ने कार्यकर्ता, क्षेत्रीय स्तरको नेता हुँदा पनि आफू सदस्यताको लागि सङ्घर्ष गरिरहनु परेको’ वहाँ बताउनुहुन्छ – ‘पार्टीको प्रक्रियामा जानुपर्दछ भन्दा म लामो समयसम्म मसालको नजिकको मान्छे जस्तो मात्र भए । धेरै लामो प्रक्रिया…
दाङ । पिठ्युँमा झोला, एक हातमा लट्ठी। तर हिँडाइमा भने रफ्तार हुन्छ– दाङ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको। उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन। अहिले तिनै डाँगी दैनिक विद्यालय जान्छन्। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको दैनिकी हिजोआज विद्यालयका बालबालिकासँग बित्न थालेको छ। उनले पनातिसमेत देखिसकेका छन्। तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग यति बेला डाँगी कक्षा १ मा पढिरहेका भेटिन्छन् । चालु शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन्। सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनले पढ्न विद्यालय छ। डाँगी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्। ‘सानोमा पढ्न पाइनँ, गाउँमा…
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…