२६ पुस, काठमाडौं – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध मुद्दामा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री, तथा रास्वपा सभापति रवि लामिछाने ६५ लाख धरौटी बुझाएर हिरासतमुक्त भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उक्त धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। लामिछाने ८४ दिन हिरासतमा बसेका थिए। कास्की अदालतको आदेशपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दायर भएकाले शुक्रबार स्वयम् उपस्थित हुने कागज गर्दै उनलाई छोडिएको हो। अन्य आरोपीहरू पनि धरौटीमा रिहा उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूलाई पनि धरौटीमा रिहा गरिएको छ। अदालतले…
७ पुस, कास्की - जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको निमित्त श्रेस्तेदार लामिछानेले…
१४ मङ्सिर, स्याङ्जा - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । स्याङ्जाको मिर्मीमा आयोजित एक कार्यक्रममा उनले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरे । देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उनको दाबी थियो । 'यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन,' उनले भने, 'म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।' अझै…
२५ कात्तिक, कास्की - सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । २ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान गर्न १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवी राईसँग मिलेर रकम अपचलन गरेको…
२० कात्तिक, कास्की - कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो । तर अदालतले १० दिनको मात्रै दिएको हो । प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो । सहकारी…
१४ कात्तिक, काठमाडौं - गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुने बताएका छन् । मुस्ताङको कोराला नाकामा बनाइएको अध्यागमन भवनको उद्घाटन गरेर फर्किएपछि पोखरामा पत्रकारसँग कुरा गर्दै लेखकले उक्त कुरा बताएका हुन् । ´उपसभापति धनराज गुरुङको कुरा उठाउनु भयो । म के आग्रह गर्न चाहन्छु भने धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ, यदी प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही हुन्छ,' गृहमन्त्री लेखकले भने । तथ्य, प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको छ। सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने उनले बताए । ´कोही व्यक्तिको नाम लिनै पर्दैन। तथ्य प्रमाणले जे देखिन्छ, त्यही ढंगले अघि…
१० कात्तिक, लमजुङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा संलग्नहरुलाइ सत्तापक्ष र विपक्षका नेता नभनी अनुसन्धान हुने दाबी गरेका छन् । सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने उनको भनाइ छ । लमजुङमा शनिबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने बताएका हुन् । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा प्रदर्शन भइरहेका बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले अनुसन्धान नरोकिने बटमलाइन रहेको बताए । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान कसैको दबाबले नरोकिने बताए ।…
८ कात्तिक, कास्की - कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार (कात्तिक २ गते) काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो । यसअघि, अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो । तर, रास्वपाले लामिछानेलाई पोखरा ल्याएर बयान नलिएको भन्दै आक्रोश व्यक्त गरेको छ । बिहान…
७ कात्तिक, काठमाडौं - सूर्यदर्शन बचत तथा ऋण सहकारी कास्कीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भन्ने डरका कारण आफूहरू सडकमा आउनुपरेको उल्लेख गरेका छन् । अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्तिसुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।'पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण नै बिथोल्ने गरि पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगीपीडीत बचतकर्तालाई भड्काउने गरेको कामप्रति…
११ असोज, पोखरा - सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । असोज ६ मा काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई त्यसै दिन जहाजमार्फत पोखरा ल्याइएको थियो । भोलिपल्ट अदालतमा उपस्थित गराएर प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति मागेको थियो । अदालतले दिएको ५ दिनको अनुमति शुक्रबार पूरा भएसँगै पुनः म्याद थप भएको हो । गोर्खा मिडिया प्रालिमा विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रुपमा भित्र्याएर अपचलन गरेको भन्दै सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उनलाई समेत…