Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा प्रधानमन्त्री ओलीमाथि ०८७ सम्म सत्ता टिकाउने चाहना रहेको आशंका

एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा प्रधानमन्त्री ओलीमाथि ०८७ सम्म सत्ता टिकाउने चाहना रहेको आशंका

२६ पुस, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर २०८७ सम्म सरकारमा बस्ने योजना बनाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो धारणा व्यक्त गरेका हुन्। अध्यक्ष नेपालले संविधान संशोधनसम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री ओली पछाडि हटेको भन्ने कुरा सुनेको जनाउँदै, जनताको सुविधाहरूलाई सहज बनाउनेतर्फ ध्यान दिन संविधान संशोधन आवश्यक भएको बताए। “संविधान संशोधनको कुराबाट प्रधानमन्त्री पछि हट्नुभएको भन्ने सुनिएको छ। उहाँको २०८७ सम्म सरकारमा बस्ने चाहना हुन सक्छ। संसद् नै भंग गरेर त्यसैलाई आधार बनाउँदै थप ६…
Read More
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको बेलायत भ्रमणमा: संसद् भवनको विशेष कार्यक्रममा सम्वोधन गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको बेलायत भ्रमणमा: संसद् भवनको विशेष कार्यक्रममा सम्वोधन गर्ने

२६ पुस, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला बेलायत पुगेका छन्। इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला लन्डन गएका हुन्। बिहीबार राति १०:३० बजे लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएका कोइरालालाई नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका थिए। विमानस्थलमा उनले आफू एक सांसदको हैसियतमा बेलायत भ्रमणमा आएको र यस अवसरमा बेलायती सांसद तथा नेताहरूसँग भेटघाट गर्दै अनुभव आदानप्रदान गर्ने बताए। नेपाली समुदायलाई समृद्धिका लागि भूमिका खेल्न आग्रह कोइरालाले बेलायतस्थित नेपाली समुदायलाई नेपाल-युके सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न अनुरोध गरे। उनले नेपाली समुदायलाई आफ्नो देशको समृद्धिमा साथ दिन…
Read More
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने ८४ दिनको हिरासत पछि धरौटीमा रिहा

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने ८४ दिनको हिरासत पछि धरौटीमा रिहा

२६ पुस, काठमाडौं – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध मुद्दामा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री, तथा रास्वपा सभापति रवि लामिछाने ६५ लाख धरौटी बुझाएर हिरासतमुक्त भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उक्त धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। लामिछाने ८४ दिन हिरासतमा बसेका थिए। कास्की अदालतको आदेशपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दायर भएकाले शुक्रबार स्वयम् उपस्थित हुने कागज गर्दै उनलाई छोडिएको हो। अन्य आरोपीहरू पनि धरौटीमा रिहा उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूलाई पनि धरौटीमा रिहा गरिएको छ। अदालतले…
Read More
निर्वाचन थ्रेसहोल्ड बढाउने सरकारको तयारीप्रति मधेसी दलको आपत्ति, संघर्षको चेतावनी

निर्वाचन थ्रेसहोल्ड बढाउने सरकारको तयारीप्रति मधेसी दलको आपत्ति, संघर्षको चेतावनी

२६ पुस, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्वका लागि आवश्यक न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) बढाउने सरकारको तयारीप्रति मधेश केन्द्रित दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले थ्रेसहोल्ड बढाए संघर्षमा उत्रने चेतावनी दिएका छन्। सरकारले समानुपातिक प्रणालीमा प्रतिनिधिसभाका लागि कम्तीमा ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत ल्याउने दललाई मात्रै सिट पाउने प्रावधानलाई संशोधन गरी क्रमशः ५ प्रतिशत र ३ प्रतिशत पुर्‍याउने तयारी गरिरहेको छ। यस सम्बन्धमा निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदामा गृह मन्त्रालयले संशोधन गरिसकेको छ। गृहले गरेको संशोधनले कानुनी मान्यता पाए साना दलहरूको समानुपातिक प्रतिनिधित्वमा ठूलो बाधा पुग्नेछ। यस्तो अवस्थामा ठूला दलहरूले बढी फाइदा लिने र संसद्मा राष्ट्रिय मान्यता…
Read More
राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिने

राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिने

२६ पुस, काठमाडौं – अब माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको प्रयोग गरेर पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ। यसअघि नागरिकता अनिवार्य भए पनि अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेको हो। राष्ट्र बैंकको निर्देशनअनुसार, “बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा खाता खोल्नुपर्नेछ।” राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार, राष्ट्रिय परिचयपत्रलाई प्राथमिकता दिइए पनि सबै नागरिकसँग परिचयपत्र उपलब्ध नभएकाले नागरिकताका आधारमा खाता खोल्ने प्रावधान यथावत् रहनेछ। उनले भने, “नागरिकताका आधारमा खाता खोल्ने व्यवस्था यथावत् छ, तर अब…
Read More
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित

२० पुस, काठमाडौं – सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा पोखरेलले ३६८ मत ल्याएर अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। अध्यक्षका अन्य प्रत्याशीहरूमा वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत र अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका थिए। अन्य पदाधिकारीको निर्वाचन परिणाम उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत निर्वाचित भएका छन्। सचिव पदमा अधिवक्ता रमणकुमार कर्ण विजयी हुँदा सहसचिवमा अधिवक्ता पुन्देवी महर्जन सुजना निर्वाचित भइन्। कोषाध्यक्ष पदमा अधिवक्ता रामचन्द्र पौडेलले जीत हासिल गरेका छन् भने महिला सदस्य पदमा शशी बस्नेत निर्वाचित भएकी छन्। सदस्य पदमा निर्वाचित अधिवक्ताहरू सदस्यतर्फ दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार…
Read More
नेकपा महासचिव विप्लवद्वारा देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त

नेकपा महासचिव विप्लवद्वारा देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त

२० पुस, काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकको सेवा र जनताको हितका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेकपाको लक्ष्य आफ्ना सेवा-सुविधाका लागि नभई मुलुकको समृद्धि र विदेशी हस्तक्षेपको प्रतिरोधका लागि भएको स्पष्ट पारे। "देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्नुपर्छ," उनले भने। विप्लवले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिहरूका विरुद्ध सशक्त रूपमा उभिने स्पष्ट दृष्टिकोण नेकपाले राख्ने बताए। उनले क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको प्रक्रिया अब नरोकिने दाबी गर्दै देशको नेतृत्वमा पुग्नका लागि यो प्रक्रिया निर्णायक हुने धारणा राखे। माओवादी घटकहरूको…
Read More
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने

२० पुस, काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन् । उनले यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग, व्यापार तथा वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् । -रासस
Read More
अध्यक्ष दाहालद्वारा राजनीतिक स्वच्छता र संवादका लागि जोड

अध्यक्ष दाहालद्वारा राजनीतिक स्वच्छता र संवादका लागि जोड

२० पुस, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको जटिल परिस्थितिलाई समाधान गर्न सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम गर्न जरुरी रहेको बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको वर्तमान स्थिति गम्भीर र जटिल रहेको बताउँदै राजनीतिक नेतृत्वले स्वच्छता, निष्ठा, र राम्रो नियतसहित काम नगरे सबैतिर नकारात्मक असर पर्ने चेतावनी दिए। "राजनीति सबै नीतिहरूको राजा हो। यदि राजनीति सफा भएन भने यसको प्रभाव हरेक क्षेत्रमा देखिन्छ," दाहालले भने, "राजनीतिक तहमा देखिएको समस्याको समाधानका लागि हामीले संवाद र स्वच्छता कायम गर्नैपर्छ।" उनले सत्ता र प्रतिपक्षबीच संवाद रोकिएको वर्तमान अवस्थाप्रति…
Read More
नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

२० पुस, सोलुखुम्बु – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने समस्या बढ्दै गएको भन्दै यसले जलवायु परिवर्तनको गम्भीर असरलाई उजागर गरेको बताएका छन् । लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले हिमाली क्षेत्र र त्यहाँ बसोबास गर्ने समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरे। उनले यस संवेदनशील विषयमा आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको र जलवायु न्यायको माग गरेको जानकारी गराए। प्रधानमन्त्रीले नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको बताउँदै जलवायु न्यायका लागि सबै राष्ट्रहरूको साझा प्रयास आवश्यक रहेकोमा जोड…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search