Epost Nepal

राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिने

२६ पुस, काठमाडौं – अब माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको प्रयोग गरेर पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ। यसअघि नागरिकता अनिवार्य भए पनि अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेको हो।

राष्ट्र बैंकको निर्देशनअनुसार, “बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा खाता खोल्नुपर्नेछ।”

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार, राष्ट्रिय परिचयपत्रलाई प्राथमिकता दिइए पनि सबै नागरिकसँग परिचयपत्र उपलब्ध नभएकाले नागरिकताका आधारमा खाता खोल्ने प्रावधान यथावत् रहनेछ। उनले भने, “नागरिकताका आधारमा खाता खोल्ने व्यवस्था यथावत् छ, तर अब राष्ट्रिय परिचयपत्रको नम्बरले पनि खाता खोल्न सकिन्छ।”

सरकारले सामाजिक सुरक्षा तथा अन्य सरकारी भुक्तानीको आवश्यकताका लागि बैंक खाता खोल्ने प्रक्रियालाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो।

ग्राहक पहिचान अनिवार्य
नयाँ निर्देशनअनुसार, बैंक खाता खोल्ने वा रकम झिक्नुअघि ग्राहक पहिचान तथा सम्पुष्टि (केवाईसी) फारम भर्नुपर्नेछ। ग्राहकले दिएको मोबाइल नम्बरको सत्यापन गर्न पनि बैंकले आवश्यक पहिचान पद्धति अपनाउनुपर्नेछ।

सन्दिग्ध कारोबार रोक्न व्यवस्था
राष्ट्र बैंकले सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बद्ध खाताहरूको निगरानीलाई कडाइ गर्दै तिनको सम्पत्ति रोक्का राख्न निर्देशन दिएको छ। यस्ता खाताहरूको विवरण ३ दिनभित्र राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखामा बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search