Epost Nepal

नेकपा महासचिव विप्लवद्वारा देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त

२० पुस, काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकको सेवा र जनताको हितका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेकपाको लक्ष्य आफ्ना सेवा-सुविधाका लागि नभई मुलुकको समृद्धि र विदेशी हस्तक्षेपको प्रतिरोधका लागि भएको स्पष्ट पारे। “देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्नुपर्छ,” उनले भने।

विप्लवले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिहरूका विरुद्ध सशक्त रूपमा उभिने स्पष्ट दृष्टिकोण नेकपाले राख्ने बताए। उनले क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको प्रक्रिया अब नरोकिने दाबी गर्दै देशको नेतृत्वमा पुग्नका लागि यो प्रक्रिया निर्णायक हुने धारणा राखे।

माओवादी घटकहरूको एकतामा जोड
दलालहरूको व्यवस्थालाई अन्त्य गर्न माओवादी घटकहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै विप्लवले समान विचारधाराका समूहहरूले सहकार्य गर्दै देशलाई रूपान्तरणको मार्गमा डो-याउनुपर्नेमा जोड दिए। उनले ठूला भनिएका दलहरूभित्रको आन्तरिक ध्रुवीकरण जनताले देखे पनि उनीहरूको कार्यशैलीले जनता सन्तुष्ट नरहेको टिप्पणी गरे।

पार्टी एकता घोषणा
ध्रुवीकरण कार्यक्रमको अवसरमा नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी (विद्रोही) बीच औपचारिक रूपमा एकता घोषणा गरिएको थियो। कार्यक्रमले माओवादी आन्दोलनलाई बलियो बनाउँदै मुलुकको रूपान्तरणका लागि नयाँ चरणको सुरुवात गरेको वक्ताहरूले दाबी गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search