Skip to main content

Epost Nepal

गाँजा ओसारपसार गर्दै गर्दा मोरङमा प्रहरीले चलायो गोली

१३ पुस, काठमाडौं — मोरङको जहदा गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रमा गाँजा कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। प्रहरीले शनिबार राति गोली चलाउँदै ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

नेपाल–भारत सीमा नजिक पर्ने जहदा गाउँपालिका–२ तारिगामा शनिबार राति करिब १०ः३० बजे प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरी देख्नासाथ टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई जना भारतीय नागरिक फरार हुन खोजेका थिए। उनीहरूलाई रोक्न प्रहरीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको जनाएको छ।

हवाई फायरपछि प्रहरीले गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्लाका चन्दामोहन निवासी २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसारको क्रममा हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *