Skip to main content

Epost Nepal

लाइन काटिएका उद्योगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

२७ कात्तिक, काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले जानकारी दिए ।

आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।

प्राधिकरणले कात्तिक ८ मा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरको उद्योगको बिजुली काटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *