Skip to main content

Epost Nepal

उपसभामुखलाई हटाउने योजनाबाट सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्छन्: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

२९ भदौ, विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने योजनाबाट सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपसभामुख इन्दिरा रानाले गरेको त्रुटि पद नै गुमाउनुपर्ने खालको नभएको बताए ।

‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस-एमाले नै पछि हट्नुहुन्छ।’

उपसभामुख राना मगरले २०२३ को फेब्रुअरीमा पाँच जनाको अन्तर्वार्ताका लागि सहजीकरण गरिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

यही विषयलाई लिएर सत्तारुढ गठबन्धनमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *