Skip to main content

Epost Nepal

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत

३० साउन, धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३६ मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका प्राप्तिका लागि २७ मत भए पुग्छ । प्रदेश सभाको बैठकमा ४५ जना उपस्थित थिए ।

१० दिनअघि साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ मत पाएका हुन् ।

विपक्षमा ८ मत परेको छ । एकीकृत समाजवादीका ४ र माओवादीका ४ मत मत विपक्षमा परेको छ । माओवादीका १० सांसदमध्ये ६ जना अनुपस्थित रहेका थिए । यस्तै राप्रपा अनुपस्थित र स्वतन्त्र सांसदको मत तटस्थ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *