Skip to main content

Epost Nepal

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

३२ जेठ, बारा – बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ ।

 आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आदर्शकोतवाल गाउँपालिका-२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *