Skip to main content

Epost Nepal

एक पुरुषले श्रीमती र ३ छोरी सहित आफैँमाथि पेट्रोल खनाएर आगो लगाए

२३ जेठ, काठमाडौं – काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरी सहित आफैँमाथि पेट्रोल खनाएर आगो लगाएका छन् ।

गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेर आएका चन्चलले श्रीमतीसँग विवाद हुँदा पेट्रोल छर्केर आगो लगाएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *