Skip to main content

Epost Nepal

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेले लिए शपथ, दुई जना मन्त्री पनि नियुक्त

१७ जेठ, काठमाडौं – अदालतको आदेशअनुसार गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डेले दोस्रो पटक मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार अपराह्न शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री पाण्डेले बुधबार नै दुई जना मन्त्री नियुक्त गरेका छन् ।

अर्थमन्त्रीमा टकराज गुरुङ र सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा नियुक्त भएका छन् ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।

सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *