Skip to main content

Epost Nepal

सिरोहियाको पक्राउबारे देउवाले भने: प्रतिशोधपूर्ण ढंगबाट पक्राउ

८ जेठ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको बताएका छन् ।

आफ्नो ट्विटरमार्फत देउवाले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै यसलाई सरकारको अलोकतान्त्रिक कदम भनेका छन् ।

उनले लेखेका छन्, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उद्देश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ।’

धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *