Skip to main content

Epost Nepal

छिचोलियो सुनकोसी-मरिण डाइभर्सनको सुरुङ मार्ग

२६ बैशाख, काठमाडौं – राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सन सुरुङ मार्ग बुधबार छिचोलिएको (ब्रेक थ्रु) भएको छ ।

सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो ।

१३ दशमलव ३ किलोमिटर लामो सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहका बीच स्वीच अन गरेर टीबीएम मेसिन चलेपछि सुरूङ ब्रेक थ्रु भएको हो ।

प्रधानमन्त्रीले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए। उनले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे।

‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’प्रधानमन्त्रीले भने,’आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’

आयोजनाबाट तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *