Skip to main content

Epost Nepal

पोखरामा सहकारीपीडितले गरे दबाब र्‍याली

१० पोखरा – पोखराका सहकारीपीडित बचतकर्ताले सोमबार पोखरामा दबाब र्‍याली प्रदर्शन गरेका छन् ।

सहकारी बचतपीडित संघर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत र्‍याली गरेको हो ।

पीडितले ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’ लगायत नारा लगाएका थिए । संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् ।

अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीका पीडित बचतकर्तासहित समस्यामा रहेका अन्य सहकारीका बचतकर्ता पनि र्‍यालीमा सहभागी थिए ।

सर्वसाधारणको बचत अपचलन गर्ने सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *