Skip to main content

Epost Nepal

प्रहरीले खुलायो बीपी राजमार्ग

९ पौष, सिन्धुली – दुर्घटनामा परी दुई जनाको मृत्युपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर अवरोध भएको बीपी राजमार्ग प्रहरीले खुलाएको छ ।

सोमबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए ।

बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *