Skip to main content

Epost Nepal

त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा, परेनन् सन्दीप लामिछाने

काठमाडौँ, २९ असोज । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् ।

तर, अदालतमा आफू विरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाइ गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश गरिएको छैन ।

विश्वकप छनोटको तयारी स्वरूप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा युएई र हङकङ छन् । प्रतियोगिता बुधवार देखी सुरु हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *