Epost Nepal

समाचार

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले हालको अन्तरिम सरकार आम सहमतिका आधारमा गठन गरिएको बताएका हुन्। राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं। ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं।” उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरे। उनले भने, “अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई…
Read More

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार यसमध्ये ७ हजार ७५३ कारागारतर्फ र ६२२ सुधारगृहतर्फका कैदीबन्दी अझै फरार रहेका छन्। देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कुल १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। यसमा १३ हजार ५९१ जना कारागारबाट र ९६४ जना बाल सुधार गृहबाट फरार भएका थिए। फरारमध्ये अहिलेसम्म ६ हजार १७९ जना फिर्ता भएका छन्। कारागारतर्फ ५ हजार ८३८ र बाल सुधार गृहतर्फ ३४१ जना फिर्ता आएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए।…
Read More

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधन जलेको तथ्य सार्वजनिक भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार जलेका सवारीमध्ये २४ वटा चार पांग्रे हेभी गाडी, १०४ वटा चार पांग्रे लाइट गाडी र २१८ वटा दुई पांग्रे सवारी साधन छन्। प्रहरीका अनुसार ठूलो मात्रामा सवारी जलेकोले दैनिक पुलिसिङ, ड्युटी र अन्य सुरक्षा कार्यहरूमा प्रभाव परेको छ।
Read More

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू प्रधानमन्त्री नभएको स्पष्ट पारेकी छन्। टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, “देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधअनुसार चुप लागेर बस्न नसकी संक्रमण व्यवस्थापन गर्दै नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्ने उद्देश्यले वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ।” प्रधानमन्त्री कार्कीले नागरिकको अपेक्षाअनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्। उनले थपिन्, “अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनका विषयमा जानकार युवापुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकाजमा पारदर्शिता,…
Read More

जेन–जी आन्दोलनपश्चात् निकास दिन राष्ट्रपतिको पहल उल्लेखनीय: प्रचण्ड

३ असोज, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान रक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिमा पनि देखाएको दृढताप्रति कृतज्ञता प्रकट गरेका छन्। संविधान दिवसको अवसरमा शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरेका हुन् । “राष्ट्रपतिजी निकै अप्ठ्यारो अवस्थामा संविधान जोगाउन दृढतापूर्वक उभिनुभयो। उहाँ त्यस्तो कदम चाल्नु नभएको भए अहिलेको अवस्था अर्कै हुन्थ्यो,” प्रचण्डले भने, “त्यसैले उहाँलाई धन्यवाद छ।” जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपछि अन्तरिम सरकार गठनको पहलस्वरूप राष्ट्रपतिले विभिन्न दल तथा आन्दोलन पक्षधरहरूसँग संवाद…
Read More

संविधान दिवसमा राष्ट्रपति पौडेलको सन्देश– सुशासन र एकताबाट समृद्धि सम्भव

३ असोज, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रतर्फ देशलाई डोऱ्याउने लक्ष्य लिएको बताएका छन्। संविधान दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए। साथै, आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैले मन, वचन र कर्ममार्फत इमानदारी र प्रभावकारी योगदान गर्नुपर्नेमा पनि उनले आह्वान गरे। उनले भने, “संविधानको भावना कार्यान्वयन गर्न हरेक क्षेत्रबाट ईमानदार प्रयास आवश्यक छ।” उनका अनुसार, वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक शासन प्रणालीबाट…
Read More

संविधान र सार्वभौमसत्तामाथि चुनौती, सबै पुस्ता एकजुट हुनुपर्ने ओलीको आह्वान

३ असोज, काठमाडौं – एमाले अध्यक्ष एवं हालका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामापछि सार्वजनिक तथा निजी सम्पत्तिलाई लक्षित गर्दै आगजनी गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले पदत्यागपश्चात् पहिलोपटक प्रत्यक्ष प्रतिक्रिया दिएका हुन्। संविधानलाई नियोजित रूपमा आक्रमण गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइयो, नेपालको नक्सा जलाइयो, देशको पहिचान मेटाउन खोजियो। राजनीतिक दलका कार्यालय, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठानदेखि नेताकार्यकर्ताका घर र व्यक्तिगत सम्पत्ति समेत छानीछानी खरानी बनाइयो।” देश वास्तवमै निर्माणतर्फ गइरहेको थियो वा बिग्रँदै गएको भन्ने कुरा भविष्यमा नयाँ पुस्ताले आफैं आकलन गर्ने उनको भनाइ छ। उनले भने,…
Read More

Perla Diamante Cash: El Sitio Absoluto para Juegos de Casino en Línea

Tabla de Contenido Experiencia Premium de Entretenimiento Opciones de Pagos y Transacciones Confiables Promociones Únicas para Todos nuestros Jugadores Colección Total de Diversión Protección y Certificaciones Certificadas Vivencia Premium de Juego En perladiamante casino entretenimiento, tenemos creado una sistema que combina innovación de vanguardia con un soporte customizado para cualquier integrante de nuestra familia. El establecimiento funciona bajo rigurosas regulaciones globales, garantizando transparencia en cada jugada y retiro que procesas. La estructura de el portal web usa cifrado SSL de doscientos cincuenta y seis bits, el igual nivel empleado por instituciones de banca mundiales para resguardar movimientos financieras. Este nivel…
Read More
प्रचण्डको सरकारलाई निरंकुशता र आपराधिक क्रियाकलापमाथि कडा कारबाहीको आग्रह

प्रचण्डको सरकारलाई निरंकुशता र आपराधिक क्रियाकलापमाथि कडा कारबाहीको आग्रह

१६ चैत, काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निरंकुशतावादी र आपराधिक प्रवृत्तिमाथि कठोर कारबाही गर्नुपर्ने समय आएको बताएका छन्। शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै उनले सरकारको कडा कदमलाई आफूहरूको पूर्ण समर्थन रहने बताए। "यो उपयुक्त समय हो," प्रचण्डले भने, "गणतन्त्रवादीहरूले निरंकुश प्रवृत्तिमाथि कडा कारबाही गरेर आफूलाई सुधार्ने र जनताको हितमा अघि बढ्ने अवसर यही हो। सरकारले यदि कठोर निर्णय लिन्छ भने हाम्रो साथ रहनेछ।" उनले भ्रष्टाचारविरुद्ध सरकार दृढ हुनुपर्नेमा जोड दिँदै सम्झौता र चलखेलले गणतन्त्रलाई कमजोर पार्ने चेतावनी दिए। समाजवादी मोर्चाको प्रदर्शनले सम्भावित दुर्घटना टारेको दाबी प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार…
Read More
सांसद धवलशमशेर जबरा पक्राउ, सभामुखलाई प्रहरीको आधिकारिक जानकारी

सांसद धवलशमशेर जबरा पक्राउ, सभामुखलाई प्रहरीको आधिकारिक जानकारी

१६ चैत, काठमाडौं — राजावादी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराको विषयमा प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सांसद जबरा फौजदारी अभियोगमा पक्राउ परेको जानकारी गराउँदै संसद् सचिवालयलाई औपचारिक पत्र पठाएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको व्यवस्थाअनुसार सांसद पक्राउ परे सभामुखलाई सूचित गर्नुपर्ने भएकाले सो पत्र प्राप्त भएको छ। संविधानको धारा १०३ (६) मा व्यवस्था गरिएको छ कि संसद्को अधिवेशन जारी रहेका बेला कुनै पनि सदस्यलाई फौजदारी अभियोगमा संघीय कानुनबमोजिम पक्राउ गर्न पाइन्छ, तर त्यसबारे सभामुखलाई तुरुन्त जानकारी गराउनुपर्छ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search