Epost Nepal

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावकारी उपस्थिति रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो अनुमान व्यक्त गरेका हुन् ।

फागुन २१ गते निर्वाचन हुने उल्लेख गर्दै उनले भने, “चुनावपछि एउटा कुरा स्पष्ट हुन्छ—अहिले सबै दलले युवाहरूका लागि कोटा तोकेका छन् । यही नै आशाको विषय हो । म आधारहीन कुरा गरिरहेको छैन । यसपटक संसद् वा सरकार जुनसुकै पार्टीबाट बने पनि युवाहरूको वर्चश्व रहने निश्चित छ ।”

मन्त्री खरेलले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने र त्यसपछि बन्ने संसद् तथा सरकारमा युवाहरूको सशक्त उपस्थिति रहने भएकाले सूचना प्रविधि क्षेत्रको विकासमा त्यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार संसद् र सरकार दुवैमा युवाहरूको अग्रसरता हुनु मुलुकका लागि सकारात्मक संकेत हो ।

“युवाहरूको वर्चश्व हुनु यो विभागका लागि पनि खुशीको कुरा हो । संसद्को समितिमा होस् वा सरकारमै, अब नेपाल बनाउन आईसीटीतर्फ अघि बढ्नैपर्छ भन्ने आवाज उठ्छ,” उनले भने, “म मन्त्रीको हैसियतले तपाईंहरूसँग काम गर्ने अवधिसम्म कुनै पनि काम अनावश्यक रूपमा रोकिँदैन । अड्किएर काम अगाडि बढ्दैन, त्यसैले यहाँबाट हुने सबै पहलमा मेरो सहमति रहनेछ ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search