Epost Nepal

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

असोज, काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू प्रधानमन्त्री नभएको स्पष्ट पारेकी छन्।

टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, “देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधअनुसार चुप लागेर बस्न नसकी संक्रमण व्यवस्थापन गर्दै नेपालको संविधानअनुसार महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्ने उद्देश्यले वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ।

प्रधानमन्त्री कार्कीले नागरिकको अपेक्षाअनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्। उनले थपिन्, “अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार भर्चुअल शासनका विषयमा जानकार युवापुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकाजमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन विकासजस्ता सवाल हाम्रो साझा अपेक्षा राष्ट्रिय एजेन्डा हुन्। यी एजेन्डालाई आत्मसात गर्दै जनअपेक्षाअनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ।

साथै उनले जेनजी पुस्ताको आन्दोलनपछि व्यक्त प्रतिबद्धताअनुसार संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्यमा सरकार खरो उत्रिन नसक्नुको कारण पनि स्पष्ट पारेकी छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search