Skip to main content

Epost Nepal

Breaking News 3

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को  बैठकले डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब छुट दिने निर्णय गर्‍यो: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब छुट दिने निर्णय गर्‍यो: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल

२९ साउन, काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका व्यापारीलाई बक्यौतामा १६ अर्ब छुट दिने निर्णय गरेको दाबी गरेका छन् । यो छट २०८१ बैशाख २१ को मन्त्रिपरषद्को बैठकले गरेको उनको भनाइ छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसदसमेत रहेका लेखा समिति सभापति पोखरेलले सरकार, नेपाल विद्युत प्राधिकरण र व्यापारीबीच मेलमिलाप भएर सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे समिति बनेको पनि दाबी गरे । त्यस्तै डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गर्ने उद्योगीले २१ अर्ब ८८ करोड तिर्नुपर्ने…
Read More
युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक: राष्ट्रपति रामचन्द्र पौडेल

युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक: राष्ट्रपति रामचन्द्र पौडेल

२८ साउन, काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको बताएका छन् । राजधानीमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको स्पष्ट पारे । उनले भने,‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’…
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री बीच शिष्टाचार भेटवार्ता, ओलीले गरे भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री बीच शिष्टाचार भेटवार्ता, ओलीले गरे भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

२७ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत समेत सहभागी थिए । नेपालको औपचारिक दुईदिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उनीमार्फत भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
Read More
आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता

आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता

२६ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । शनिबार काठमाडौंमा लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रममा उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता दोहोर्‍याए । देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिन आफू सदैव लागिपरेको उनले उल्लेख गरे । उनले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? भन्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे । जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने विषयलाई आफूले चासोमा राखेर त्यसलाई पूरा गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरेर अघि बढेको…
Read More
जेठ २८ यता बाढी, पहिरोलगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु

जेठ २८ यता बाढी, पहिरोलगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु

२५ साउन, काठमाडौँ - गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ११ जना,कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५३ जना र…
Read More
तीन वर्षको अवधिमा विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशतबाट ९९ प्रतिशत पुग्यो: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

तीन वर्षको अवधिमा विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशतबाट ९९ प्रतिशत पुग्यो: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

२५ साउन, काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । पछिल्लो समय विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उनको दाबी छ । घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याएको बताए । ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको उनको दाबी छ । उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत्‌को महशुल बिलको केही अंश…
Read More
मानवअधिकार उलंघन र गम्भीर उल्लंघनमा गरिएको वर्गिकरण र प्रावधान आपत्तिजनक: जवाफदेहिता निगरानी समिति

मानवअधिकार उलंघन र गम्भीर उल्लंघनमा गरिएको वर्गिकरण र प्रावधान आपत्तिजनक: जवाफदेहिता निगरानी समिति

२५ साउन, काठमाडौँ - जवाफदेहिता निगरानी समितिले दलीय सहमतिका नाममा दण्डहीनता स्वीकार्य नहुने बताएका छन् । मानवअधिकार र संक्रमणकालीन न्यायमा निगरानी र दवावसमूहको रूपमा काम गर्दै आएको समितिले संक्रमणकालीन न्यायमा भएको दलीय सहमतिमा प्रश्न उठाएको हो । समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै संक्रणकालीन न्यायको निरुपणमा दलीय सहमति सकारात्मक भए पनि सहमति दण्डहीनताको प्रोत्साहनका लागि हुन नहुने ध्यानाकर्षण गरेको छ । संयोजक राजुप्रसाद चापागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “दलीय सहमतिको नाममा कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लंघनको परिभाषा र वर्गीकरण तथा सजाय घटाई अभियोजन गर्नेलगायत विषयमा अगाडि बढाएका संशोधन प्रस्तावहरू समस्याग्रस्त देखिएका छन् ।” समतिले मानवअधिकार उलंघन र गम्भीर उल्लंघनमा…
Read More
कृषि मन्त्रालय कृषकका समस्या समाधानमा केन्द्रित हुनु पर्दछ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी

कृषि मन्त्रालय कृषकका समस्या समाधानमा केन्द्रित हुनु पर्दछ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी

२४ साउन, काठमाडौँ - कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि विभागले बिहीबार ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा उनले किसान लक्षित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिएका हुन् । ‘कृषकका समस्या सामाधानमा मेरो भूमिका रहनेछ । मलाई गल्ती गर्ने छुट छैन’, उनले भने, ‘कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ, विभाग थप सक्रिय बन्नुपर्छ ।’ मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधानमा विभाग र कृषि…
Read More
टिआरसी विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुझायो प्रतिवेदन

टिआरसी विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुझायो प्रतिवेदन

२३ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएका हुन् । संयोजक लेखकले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी…
Read More
कानुनका नजरमा सबै समान छन् भन्ने कुरा स्पाथित गर्छौं: प्रधानमन्त्री केपी शर्मा ओली

कानुनका नजरमा सबै समान छन् भन्ने कुरा स्पाथित गर्छौं: प्रधानमन्त्री केपी शर्मा ओली

२२ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार कसुर गर्नेहरूलाई मुख हेरेर क्षमा नगरिने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा संलग्नहरूलाई कुनै पनि बहानामा छुट नहुने र कानुनी कारबाही गरिने बताएका हुन् । भ्रष्टाचार निवारण ऐन २०५९ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले भने, 'कसैले कसुर गरेमा मुख हेरेर, अनुहार हेरेर क्षमा गर्दैन ।' प्रधानमन्त्री ओलीले सरकारले प्रतिशोधका लागि कुनै पनि कार्य नगर्ने तर भ्रष्टाचारमा संलग्नहरूलाई कानुनी कारबाही भने गरिने स्पष्ट पारेका थिए । 'अहिलेको सरकार प्रतशोधका लागि होइन । अर्थतन्त्र, समाजमा परिवर्तन र विकासमा गति ल्याउनका लागि हो,' उनले…
Read More