Skip to main content

Epost Nepal

Breaking News 2

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने गगन थापाको प्रस्ताव

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने गगन थापाको प्रस्ताव

८ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुनहुँने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताएका हुन् । वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै थापाले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् । 'कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं,' उनले…
Read More
वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनु पर्दछ: धनराज गुरूङ

वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनु पर्दछ: धनराज गुरूङ

७ फाल्गुन, काठमाण्डौं  - नेपाली कांग्रेसका उपसभापति तथा कानुन मन्त्री धनराज गुरूङले महासमिति बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनुपर्ने बताएका छन्। ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठकमा बोल्दै उनले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्ने बताएका हुन् । ‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ,’ उनले भने। साथै, गुरूङले पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने पनि बताए। पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्ने उनको भनाई थियो । ‘मुसाले एकैपटक धेरै बच्चा जन्माउँछ तर हात्तीले एउटा मात्रै जन्माउँछ हात्ती नै शक्तिशाली हुन्छ,’ उनले भने।
Read More
बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पीएसओ र फिल्ड कमाण्डर डीएसपी दोषी

बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पीएसओ र फिल्ड कमाण्डर डीएसपी दोषी

४ फाल्गुन, काठमाण्डौं  - उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पीएसओ र फिल्ड कमाण्डर डीएसपी दोषी देखिएको निष्कर्ष निकालेको छ । आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको छ । भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यसक्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्षतामा आयोग बनेको थियो । आयोगले…
Read More
ललितानिवास जग्गा हिनामिना प्रकरण : दोषीलाई जरिवाना, बिगो असूल सहित जनही दुई वर्ष कैद

ललितानिवास जग्गा हिनामिना प्रकरण : दोषीलाई जरिवाना, बिगो असूल सहित जनही दुई वर्ष कैद

३ फागुन, काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा २२ माघ ०७६ मा दर्ता गरेको मुद्दामा विशेष अदालतको फैसला आएको छ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, प्रेमबहादुर खापुङ, अर्जुन खतिवडा, शंकरप्रसाद सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमल्सिना, परशुराम पोख्रेल, कृष्णप्रसाद पौडेल, प्रकाश भट्ट, टंक पौडेल लाई दोषी ठहर गरेको छ । उनीहरूलाई दामासाहीले कायम हुने बिगो ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने, बिगो असूल उपर हुने र जनही दुई वर्ष कैद हुने तथा सट्टा भर्नाको जग्गासमेत जफल हुने ठहर भएको…
Read More
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भन्छन् : नेताहरुको लागि लोकतन्त्र आएको छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भन्छन् : नेताहरुको लागि लोकतन्त्र आएको छ

१ फागुन, काठमाण्डौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन् । काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताएका हुन् । त्यस्तै उनले सर्वोच्च अदालतले दिएको आदेश, मानव अधिकार आयोगको निर्देशन आदिलाई मध्यनजर गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनुपर्ने बताए । ‘संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस् । यो अत्यन्त गम्भीर विषय छ, यसलाई मुद्दा बनाउनु हुँदैन । यो विषयमा सर्वोच्च अदालतले सिधा निर्देशन दिएको छ । मानव अधिकार आयोगले पनि दिएको छ । मानवताको कुराहरुलाई एसेप्ट गरेर पीडितलाई मर्का पर्नेगरी कुनैपनि…
Read More
रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु खारेज गर्न लेखा समितिको निर्देशन

रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु खारेज गर्न लेखा समितिको निर्देशन

२८ माघ, काठमाण्डौं - गौतम बुद्धको अस्तिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिनेगरी भएका सम्पूर्ण प्रक्रिया रद्द गर्न लेखा समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आइतबारको बैठकले उक्त सबै प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिनुका साथै निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न भनेको छ । समितिले यो प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेको थियो । यसमा पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको…
Read More
लगातार दोस्रो जितसँगै क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपाललाई

लगातार दोस्रो जितसँगै क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपाललाई

२७ माघ, काठमाण्डौं - लगातार दोस्रो जितसँगै नेपालले क्यानाडाविरुद्ध तीन खेलको शृंखला एक खेलअघि नै जितेको छ। रोहित पौडेल र देव खनालको उत्कृष्ट साझेदारीले नेपालले क्यानडाविरुद्धको तीन खेलको शृंखला २-० ले जितेको हो । पौडेल र खनालले १६४ बलमा १५० रनको साझेदारी गरेका हुन् । शनिबार क्यानडाविरुद्धको भएको दोस्रो खेल ४ विकेटले जितेसँगै नेपालले एक खेल अघि नै शृंखला हात पारेको हो । बिहीबार नेपालले पहिलो खेल ७ रनले जितेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा…
Read More
मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्ताव

मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्ताव

२४ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन र पीडितहरूको रकम फिर्ता गराउने लगायतका विषयमा राजनीतिक दलहरूबीच सर्वदलीय बैठक हुनुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा लामिछानेले बालुवाटार, बालकोट, बुढानिलकण्ठ र खुमलटार नभई मुसहर वा दलित बस्तीमा सर्वदलीय बैठक गरेर मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने प्रस्ताव राखेका हुन् । ठूला र पुराना राजनीतिक दलहरू सत्ता र नियुक्तिका लागि वा भ्रष्टाचारका फाइल खुल्दा सर्वदलीय बैठक गर्ने गरेका भन्दै लामिछानेले मुलुकका मुद्दामा सर्वदलीय बैठकको प्रस्ताव गरेका हुन् । त्यस्तो सर्वदलीय बैठकबाट विभिन्न पाँच मुद्दामा छिनोफानो गर्नुपर्ने लामिछानेको भनाइ थियो । त्यसमा सहकारी र लघुवित्तका पीडितहरूको…
Read More
पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु हुँदैन : रवि लामिछाने

पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु हुँदैन : रवि लामिछाने

२३ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु नहुने बताएका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा लामिछानेले भने कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुने पनि बताए। ‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो नजिक राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन, कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ, अत्यन्तै घातक।’ केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए। ‘प्रश्न, गाली हिजो पनि आउँथ्यो, सामान्य थिएन। डरधम्की पनि आउँथ्यो यहाँहरूलाई थाहै छ,’ उनले भने, ‘त्यो सञ्चारकर्मीलाई सामान्य र दैनिकी नै हो। त्यसको सामना मैले पनि…
Read More
यो अधिवेशन विधेयक अधिवेशन हो : प्रधानमन्त्री पुष्पकमल दाहाल

यो अधिवेशन विधेयक अधिवेशन हो : प्रधानमन्त्री पुष्पकमल दाहाल

२२ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् । ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ,' उनले भने ।
Read More