Skip to main content

Epost Nepal

Breaking News 1

कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

विराटनगर, २७ असोज । कोसीमा नेपाली काँग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि काँग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ । नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोसी काँग्रेसका संसदीय दलका नेताले राजीनामा दिएका छन् । नेपाली काँग्रेस कोसी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुवै पटक बर्खास्त गरेको थियो । सत्ता गठबन्धनको निर्णय विपरीत आफ्नै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ । प्रदेश सरकार निर्माणको…
Read More
जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

काठमाडौँ, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी  ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रवार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन् । शुक्रवार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओं कृति हो । सत्यको खोज कृतिको समीक्षा गर्दै समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक…
Read More
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

  काठमाडौँ, २६ असोज । काठमाडौँको तीनकुनेमा गत २९ भदौमा भएको चार जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौँले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो। काठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो। प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले…
Read More
कोसी काँग्रेसमा किचलो बढ्यो, शेखर समूहलाई कारबाही गर्न बैठक बोलाइयो

कोसी काँग्रेसमा किचलो बढ्यो, शेखर समूहलाई कारबाही गर्न बैठक बोलाइयो

काठमाडौैं, २६ असोज । कोसी प्रदेशमा नेपाली काँग्रेस भित्र किचलो थप बढेको छ । कोसी सरकार निमार्णको सवालमा नेपाली काँग्रेसको एउटा समूहले विद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन् । कोसी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरे पछि काँग्रेसमा किचलो देखिएको हो । कार्की समूहले गरेको विद्रोहका बारेमा निर्णय लिनका लागि काँग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ । बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ ।…
Read More
जीतपुर-सिमराका पूर्व मेयरको मृत्यु ‘रहस्यमय’

जीतपुर-सिमराका पूर्व मेयरको मृत्यु ‘रहस्यमय’

निजगढ, २६ असोज । जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका पूर्व मेयर पौडेल बिहीबार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले पूर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो ।
Read More
भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे जवाफ

भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे जवाफ

    काठमाडौं, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जीको भ्रमणबारे नेपाल सरकारसँग जवाफ मागेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भारतीय मोदीको गुन्जी भ्रमणबारे ध्यानाकर्षण गराउँदै नेपाल सरकारसँग जवाफ मागेका हुन् । मोदीको गुन्जी भ्रमणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने उनको माग छ । ‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम…
Read More
बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

  पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ इस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् । दुर्घटना स्थलमा बिहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् । तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।  
Read More
सुन तस्करी प्रकरण : राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरण : राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर

  काठमाडौँ, २४ असोज । सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ । इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चार जना विरुद्ध बुधवार मुद्दा दायर गरेको हो । चार जना प्रतिवादीमध्ये तीन जना पक्राउ परेका छन् भने एक जना फरार छन् । पक्राउ परेका प्रतिवादीहरूमा  राहुल, काठमाडौँको नागार्जुन लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरुङ फरार छन्।   उनीहरू विरुद्ध  आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
Read More
मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परीक्षण

मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परीक्षण

  नयाँ दिल्ली, २४ असोज । मङ्गल ग्रह पछि चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेर कीर्तिमान बनाएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले अब अन्तरिक्षमा मानव यान पठाउने तयारी पूरा गरेको छ । केन्द्रीय विज्ञान र प्रविधि र अन्तरिक्ष मन्त्री जितेन्द्र सिंहले मङ्गलवार भनेका छन् कि इसरोले अक्टोबर २१ मा गगनयान मिसनको लागि पहिलो परीक्षण उडान सुरु गर्न लागेको छ। चन्द्रयान–३ र आदित्य एल–१ मिसनमा संलग्न इसरोका इन्जिनियरहरूको अभिनन्दन कार्यक्रममा सिंहले अन्तरिक्षमा गएपछि गगनयान पुनः समुन्द्रमा अवतरण गर्ने बताए । उनका अनुसार नौ सेनाले चालक दलका सदस्यहरूको सुरक्षित फिर्ता सुनिश्चित गर्न मोड्युल पुनः प्राप्ति गर्न अपरेसन सुरु गरिसकेको छ। सिंहले…
Read More
अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

काबुल, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। सो भूकम्पले ठुलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधवार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तर पश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन । अफगानिस्तानमा गत साता अर्थात् ७ अक्टोबर शनिवारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिई सकेको छ । सैन्य…
Read More