गाजा, २७ मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
काठमाडौँ । सरकारले आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आव्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रूपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ । तर, यसअघि नियमित रूपमा परेको मितिमा यस पटक नेपालीहरूको महान् पर्व बडा दसैँ परे पछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसका कारण यस पटक सो कार्यक्रम कात्तिक १७…
भक्तपुर, १७ कार्तिक । ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले एक जना बिरामीको मृत्युको विषयलाई लिएर अस्पतालबारे भ्रम सृजना गरेको जनाएको छ । अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बिहीबार विज्ञप्ति प्रकाशित गरी अस्पतालबारे भ्रममा नपर्न सवैसँग अनुरोध गरेको छ । भक्तपुर नगरपालिका वडा नं ८ निवासी सुश्री नितु दुवालको झन्डै दुई महिना अगाडि पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको थियो । तर उनको निधनबारे उनकी आमा, बुवा र दिदीले सामाजिक सञ्जालमा कार्तिक १४ गते लेखेका कुराहरूले समाजमा ख्वप अस्पतालबारे भ्रम सिर्जना गरेको हुँदा दुःख लागेको विज्ञप्तिमा जनाइएको छ । 'ख्वप अस्पताल परिवार २१ वर्षकी नितु दुवालको कलिलो उमेरमा निधन भएकोमा…
‘कहिलेकाहीँ मकहाँ बिरामी आउँदा पेट सिटी, बोन स्क्यान, एमआरआई सबै गरिसकेको हुन्छ । बिरामी, आफै डाक्टर भइदिने प्रचलन छ । त्यो तरिका राम्रो होइन ।’ नेपाल क्यान्सर अस्पतालमा ब्रेष्ट अन्को सर्जनको रूपमा कार्यरत डा.प्रफुल्ल शाक्य भन्छन्, ‘क्यान्सरका विभिन्न प्रकारहरू हुन्छ । फरक–फरक क्यान्सरअनुसार फरक प्रकारले उपचार गर्नु पर्ने हुन्छ । तर अहिले सबै आफै डाक्टर भएर पनि समस्या आएको हो । छिमेकी, तरकारी पसले, ड्राइभर, काम गर्ने र बाटोमा हिँड्ने सबै डाक्टर भइदिँदा यो रोग झनै जटिल भइदिने गर्दछ ।’ क्यान्सर रोगलाई महँगो र एकदमै जटिल रोग भनेर चिनिन्छ । नेपालीजस्तो न्यून आय स्तर भएकाहरूलाई त यो रोगले झनै तनाव…
काठमाडौँ । तौल बढाउन जति सजिलो हुन्छ, त्यति नै कम गर्नका लागि हाम्रो पसिना बग्दछ । तौल घटाउन निकै गाह्रो हुन्छ किनभने डाइटमा धेरै खानपिनका सामग्रीहरू प्रतिबन्धहरू गरिएका हुन्छन्, जसका कारण मानिसले आफ्नो मन पर्ने चीजहरूबाट टाढा रहनुपर्छ। यदि तपाई अझै पनि तौल घटाउने सोचमा हुनुहुन्छ र तपाईँको स्वस्थ आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने आज हामी तपाईँलाई यी टिप्सहरू दिएर सहयोग गर्नेछौँ । यो कुरा सत्य छ कि तौल घटाउन खोज्दा धेरै चीजहरू जस्तै जङ्क फुडलाई पुरै बेवास्ता गर्नुपर्छ र कडा आहारको पालना गर्नुपर्छ। तर हामी तपाईँलाई भनौँ कि तपाईँले आफ्नो आहारमा वजन घटाउने यी व्यञ्जनहरू समावेश गरेर छिटो तौल…
हामीले आयुर्वेदको चमत्कार शताब्दीयौं देखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौँ। यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ । यदि तपाई आफूलाई स्वस्थ र तनावमुक्त राख्न चाहनुहुन्छ भने आयुर्वेदिक जडीबुटी लिन सक्नुहुन्छ । आज हामी तपाईँलाई यस्ता ५ शक्तिशाली आयुर्वेदिक जडीबुटीको बारेमा बताउन गइरहेका छौँ, जसलाई आफ्नो आहारमा समावेश गरेर तपाईँले धेरै रोगहरूलाई आफूबाट टाढा राख्न सक्नुहुन्छ । नीम नीम धेरै प्रकारका रोगहरूमा प्रयोग गरिन्छ। नीम आयुर्वेदको करिब ७५% को भाग हो। यसमा एन्टिसेप्टिक, एन्टी-माइक्रोबियल र एन्टिफंगल गुणहरू छन्, जसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र पिम्पल, एक्जिमा र छालासम्बन्धी रोगहरूबाट छुटकारा पाउँछ। नीम मौखिक स्वास्थ्य, कपालको हेरचाहको लागि…
काठमाडौँ, आश्विन २० । विश्वका ११७ वटा देशले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन त्यस विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा सूचीबद्ध गरे पनि नेपाल सरकारले यो कार्यक्रमलाई अहिले पनि ‘पाइलटिङ’ मै अल्झाएर राखेको छ । यसलाई अझ पनि राष्ट्रिय खोप कार्यक्रममा समेट्न नसक्दा देशमा अहिले पनि प्रत्येक दिन ६ जना महिलाले पाठेघरकै मुखको क्यान्सरको कारण ज्यान गुमाउनु परिरहेको छ । आश्विन १९ गते होटेल हिमालयन, कुपण्डोलमा पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्ने लक्ष्य र सार्वजनिक निजी साझेदारी मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको पर्वद्धन विषयक कार्यशाला गोष्ठीमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले 'क्यान्सर लाग्नै नदिनु…
लन्डन, १६ साउन । युनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठुलो उपलब्धि हासिल गरेका छन्। अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न सक्छ। यो रोबोट लीड्सको स्ट्रोम ल्याबका डाक्टर, वैज्ञानिक र इन्जिनियरहरूले बनाएका हुन्। यो खोजले क्यान्सरको सबैभन्दा सही उपचारमा सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ । अन्वेषकहरूले रिपोर्ट गरे कि शवको फोक्सोमा परीक्षणको क्रममा यो रोबोटले हाल उपलब्ध उपकरणहरू भन्दा ३७ प्रतिशत बढी गहिराइमा गएर क्यान्सर पत्ता…
आश्विन १८, काठमाडौँ । अक्टोबर महिनालाई अन्तर्राष्ट्रिय स्तरमा नै स्तन क्यान्सर सम्बन्धी जनचेतनालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरूका साथ सम्पन्न गर्ने गरिन्छ । सोही विषयमाथि लक्षित हुँदै असोज १९ गते, नेपाल क्यान्सर सरभाईबरस सोसाइटी तथा करुणा सिटी क्लिनिकद्वारा प्राइम कलेज, नयाँबजारमा क्यान्सर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने निकासकी सचिव प्रमिला के.सी.ले बताइन् । सिनीयर अन्को गाइनो सर्जन डा.अनु शाक्य र ब्रेष्ट अन्को सर्जन डा.प्रफुल्ल शाक्यले सहजीकरण गर्ने सो जनचेतना कार्यक्रममा विशेष गरेर कलेज पढ्ने विद्यार्थीहरूलाई लक्षित गरिने निकासकी अध्यक्ष प्रमिता खनालले बताइन, - ‘विशेष गरेर शिक्षित कलेज विद्यार्थीलाई स्तन क्यान्सरको बारेमा चेतना फैलाउन सकियो भने परिवार र समाजमा सन्देश पुर्याउन सहज हुनेछ ।’ संस्थाकी अध्यक्ष खनालले नेपाल क्यान्सर सवाईभरस सोसाइटीले अक्टोबर महिनाभरि विभिन्न…