२६ पुस, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला बेलायत पुगेका छन्। इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला लन्डन गएका हुन्। बिहीबार राति १०:३० बजे लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएका कोइरालालाई नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका थिए। विमानस्थलमा उनले आफू एक सांसदको हैसियतमा बेलायत भ्रमणमा आएको र यस अवसरमा बेलायती सांसद तथा नेताहरूसँग भेटघाट गर्दै अनुभव आदानप्रदान गर्ने बताए। नेपाली समुदायलाई समृद्धिका लागि भूमिका खेल्न आग्रह कोइरालाले बेलायतस्थित नेपाली समुदायलाई नेपाल-युके सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न अनुरोध गरे। उनले नेपाली समुदायलाई आफ्नो देशको समृद्धिमा साथ दिन…
२६ पुस, काठमाडौं – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध मुद्दामा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री, तथा रास्वपा सभापति रवि लामिछाने ६५ लाख धरौटी बुझाएर हिरासतमुक्त भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उक्त धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। लामिछाने ८४ दिन हिरासतमा बसेका थिए। कास्की अदालतको आदेशपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दायर भएकाले शुक्रबार स्वयम् उपस्थित हुने कागज गर्दै उनलाई छोडिएको हो। अन्य आरोपीहरू पनि धरौटीमा रिहा उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूलाई पनि धरौटीमा रिहा गरिएको छ। अदालतले…
२६ पुस, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्वका लागि आवश्यक न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) बढाउने सरकारको तयारीप्रति मधेश केन्द्रित दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले थ्रेसहोल्ड बढाए संघर्षमा उत्रने चेतावनी दिएका छन्। सरकारले समानुपातिक प्रणालीमा प्रतिनिधिसभाका लागि कम्तीमा ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत ल्याउने दललाई मात्रै सिट पाउने प्रावधानलाई संशोधन गरी क्रमशः ५ प्रतिशत र ३ प्रतिशत पुर्याउने तयारी गरिरहेको छ। यस सम्बन्धमा निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदामा गृह मन्त्रालयले संशोधन गरिसकेको छ। गृहले गरेको संशोधनले कानुनी मान्यता पाए साना दलहरूको समानुपातिक प्रतिनिधित्वमा ठूलो बाधा पुग्नेछ। यस्तो अवस्थामा ठूला दलहरूले बढी फाइदा लिने र संसद्मा राष्ट्रिय मान्यता…
२६ पुस, काठमाडौं – अब माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको प्रयोग गरेर पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ। यसअघि नागरिकता अनिवार्य भए पनि अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेको हो। राष्ट्र बैंकको निर्देशनअनुसार, “बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा खाता खोल्नुपर्नेछ।” राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार, राष्ट्रिय परिचयपत्रलाई प्राथमिकता दिइए पनि सबै नागरिकसँग परिचयपत्र उपलब्ध नभएकाले नागरिकताका आधारमा खाता खोल्ने प्रावधान यथावत् रहनेछ। उनले भने, “नागरिकताका आधारमा खाता खोल्ने व्यवस्था यथावत् छ, तर अब…
२० पुस, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको जटिल परिस्थितिलाई समाधान गर्न सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम गर्न जरुरी रहेको बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको वर्तमान स्थिति गम्भीर र जटिल रहेको बताउँदै राजनीतिक नेतृत्वले स्वच्छता, निष्ठा, र राम्रो नियतसहित काम नगरे सबैतिर नकारात्मक असर पर्ने चेतावनी दिए। "राजनीति सबै नीतिहरूको राजा हो। यदि राजनीति सफा भएन भने यसको प्रभाव हरेक क्षेत्रमा देखिन्छ," दाहालले भने, "राजनीतिक तहमा देखिएको समस्याको समाधानका लागि हामीले संवाद र स्वच्छता कायम गर्नैपर्छ।" उनले सत्ता र प्रतिपक्षबीच संवाद रोकिएको वर्तमान अवस्थाप्रति…
२० पुस, सोलुखुम्बु – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने समस्या बढ्दै गएको भन्दै यसले जलवायु परिवर्तनको गम्भीर असरलाई उजागर गरेको बताएका छन् । लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले हिमाली क्षेत्र र त्यहाँ बसोबास गर्ने समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरे। उनले यस संवेदनशील विषयमा आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको र जलवायु न्यायको माग गरेको जानकारी गराए। प्रधानमन्त्रीले नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको बताउँदै जलवायु न्यायका लागि सबै राष्ट्रहरूको साझा प्रयास आवश्यक रहेकोमा जोड…
२० पुस, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूको कार्यसम्पादन शैली र सरकारको काम गर्ने गति चित्तबुझ्दो नभएको भन्दै सचिवहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार साँझ जावलाखेलस्थित स्टाफ कलेजमा ५० भन्दा बढी सचिवहरूसँग आयोजित छलफलमा उनले यो असन्तोष व्यक्त गरेका हुन् । सचिवहरूले आफूले अह्राएको काम गर्न कानुनी अड्चन देखाएका कारण ‘स्पिरिट’ नमिलेको मन्त्रिपरिषद् बैठकमै गुनासो गर्न थालेपछि ओलीले आफ्ना दुई सल्लाहकारसहितको टिमसँग करिब साढे चार घण्टा छलफल गरेका हुन् । छलफलका क्रममा सचिवहरूले राजनीतिक दबाबमा काम गर्दा ‘ओभर साइट एजेन्सी’ (जस्तै अख्तियार) हरूको कारबाहीको केन्द्रविन्दु कर्मचारी मात्रै पर्ने गरेको आशयको अभिव्यक्ति दिएका थिए । हरेक निर्णयमा कर्मचारीमाथि मुद्दा चल्ने तर…
२० पुस, जनकपुरधाम – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई थप मजबुत बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मधेस प्रदेशबाट केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता निधीले संघीयता सुदृढ बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “संविधान संशोधनबिना संघीय प्रणालीलाई प्रभावकारी बनाउनु सम्भव छैन।” नेता निधीले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य…
२० पुस, महोत्तरी - उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका नेता सिंहले शनिबार बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको उल्लेख गरे । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ,” उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आस जागेको छ ।” साथै, उनले पार्टी…
२० पुस, काठमाडौं - सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाको १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए । उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य…