Epost Nepal

समाचार

जनयुद्ध चलाएर चाहिएको त प्रधानमन्त्री न रहेछ : केपी शर्मा ओली

जनयुद्ध चलाएर चाहिएको त प्रधानमन्त्री न रहेछ : केपी शर्मा ओली

१ फागुन, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि मात्र तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लागाएका हुन् । २०४७ सालको संविधानले शान्तिपूर्ण बाटाहरु बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत भएको बताए । ‘यो कुनै राणा शासन थिएन, पञ्चायती थिएन । संगठन गर्न नपाइने, बोल्न नपाइने, विचार व्यक्त गर्न नपाइने अवस्था थिएन । अनि फेरि हिंसा किन गर्नुपर्यो, अलिक पछि हिंसा बिसाएर फेरि आउनुपर्यो’, ओलीले भने । ‘हिंसा सुरु गरेको मिति ०५२…
Read More
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भन्छन् : नेताहरुको लागि लोकतन्त्र आएको छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भन्छन् : नेताहरुको लागि लोकतन्त्र आएको छ

१ फागुन, काठमाण्डौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन् । काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताएका हुन् । त्यस्तै उनले सर्वोच्च अदालतले दिएको आदेश, मानव अधिकार आयोगको निर्देशन आदिलाई मध्यनजर गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनुपर्ने बताए । ‘संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस् । यो अत्यन्त गम्भीर विषय छ, यसलाई मुद्दा बनाउनु हुँदैन । यो विषयमा सर्वोच्च अदालतले सिधा निर्देशन दिएको छ । मानव अधिकार आयोगले पनि दिएको छ । मानवताको कुराहरुलाई एसेप्ट गरेर पीडितलाई मर्का पर्नेगरी कुनैपनि…
Read More
राजतन्त्र फ्याक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको छ: दुर्गा प्रसाईं

राजतन्त्र फ्याक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको छ: दुर्गा प्रसाईं

१ फागुन, काठमाण्डौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले काठमाडौंको भृकुटीमण्डपमा वार्षिकोत्सव कार्यक्रम गरेको छ। कार्यक्रममा बोल्दै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले देशमा गणतन्त्र ल्याउनु अभिशाप भएको टिप्पणी गरेका छन् । प्रसाईंले राजतन्त्र फ्याक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको बताए । यो व्यवस्था परिवर्तनको भोलिपल्ट संसारका मान्छे यो देशमा आउने वातावरण बनाइन्छ । उनले भने, ‘हिजो वीरे चोर देश छोड भनियो । ज्ञाने चोर देश छोड भनियो । गणतन्त्र ल्याइयो । तर, जुन दिन राजा फ्याक्यौं, यो शिर (टाउकोबाट टोपी फुकाल्दै) निकालेर फ्याँकेजस्तो भयो । आज सबैभन्दा ठूलो कुरा हामीले आफ्नो शिर काटेर फ्याँक्यौं ।’ यो राज्यबाट सबैभन्दा…
Read More
सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कार्यहरुमा भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव

सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कार्यहरुमा भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव

२८ माघ, काठमाण्डौं - सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु एवं सेवा खरिद तथा विकास गर्ने कार्यहरु भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० बुँदे सुझाव जारी गरेको छ। सञ्चार तथा सूचना प्रविधिमा निहित प्रविधिको क्लिष्टता र सार्वजनिक क्षेत्रमा रहेको यस प्रतिको अनभिज्ञताको अनूचित उपयोग गरी गम्भीर प्रकृतिका प्रष्टचार जन्य कार्य हुन सक्ने देखिएको अख्तियारको ठहर छ। मुलुकको सीमित स्रोत-साधनको मितव्ययी एवं समुचित परिचालन गरी यस्ता प्रविधिको सदुपयोगबाट राष्ट्रले अधिकतम लाभ हासिल गर्न वाञ्छनीय देखिएको भन्दै अख्तियारले निर्देशनात्मक शैलीमा सुझाव जारी गरेको हो। आयोगमा प्राप्त उजुरीहरूको छानबिन र अनु सन्धानको सिलसिलामा पहिल्याइएका सवाल तथा प्राप्त तथ्यहरूसमेतको विश्लेषणको आधारमा अख्तियार…
Read More
रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु खारेज गर्न लेखा समितिको निर्देशन

रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु खारेज गर्न लेखा समितिको निर्देशन

२८ माघ, काठमाण्डौं - गौतम बुद्धको अस्तिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिनेगरी भएका सम्पूर्ण प्रक्रिया रद्द गर्न लेखा समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आइतबारको बैठकले उक्त सबै प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिनुका साथै निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न भनेको छ । समितिले यो प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेको थियो । यसमा पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको…
Read More
एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिको प्रतिवेदन  सार्वजनिक गर्न सरकारलाई निर्देशन

एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

२८ माघ, काठमाण्डौं  - एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
Read More
लगातार दोस्रो जितसँगै क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपाललाई

लगातार दोस्रो जितसँगै क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपाललाई

२७ माघ, काठमाण्डौं - लगातार दोस्रो जितसँगै नेपालले क्यानाडाविरुद्ध तीन खेलको शृंखला एक खेलअघि नै जितेको छ। रोहित पौडेल र देव खनालको उत्कृष्ट साझेदारीले नेपालले क्यानडाविरुद्धको तीन खेलको शृंखला २-० ले जितेको हो । पौडेल र खनालले १६४ बलमा १५० रनको साझेदारी गरेका हुन् । शनिबार क्यानडाविरुद्धको भएको दोस्रो खेल ४ विकेटले जितेसँगै नेपालले एक खेल अघि नै शृंखला हात पारेको हो । बिहीबार नेपालले पहिलो खेल ७ रनले जितेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा…
Read More
एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालको सानदार जित

एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालको सानदार जित

२७ माघ, काठमाण्डौं - एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। कविता कुँवर १२ बल खेली ४ रनमात्र बनाई आउट भए पनि सीता रानामगर र कप्तान इन्दु बर्माले दोस्रो विकेटमा ७६ रनको साझेदारि गरेपछि नेपालले आरामदायी विजय हात पारेको हो । कप्तान इन्दुले ३३ बल खेली ३ चौका र १ छक्का प्रहा गर्दै ४० रन बनाइन् । सीता रानामगरले अविजित ३६ रन बनाई अविजित रहिन् । विजयी चौका प्रहार गरेकी सीताले ३८ बलको इनिङ्समा १…
Read More
गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय सर्वोच्चबाट खारेज

गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय सर्वोच्चबाट खारेज

२४ माघ, काठमाण्डौं - गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र सुस्मलता माथेमको संवैधानिक इजलासले बुधबार ओली सरकारले महँगो जग्गा दिएर सस्तो मूल्यको जग्गा साट्न मिल्ने गरी गरेको निर्णयलाई 'अपरिपक्व' भन्दै बदर गरिदिएको हो । “नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७८।१।१३ को प्रत्यर्थी गिरीबन्धु टी–स्टेट प्रालिलाई ३४३ बिगाह १९ कट्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ (ग) लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त…
Read More
सम्पत्ति शुद्धीकरण सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित

सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित

२४ माघ, काठमाण्डौं - प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको छ। विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए । २५ असोजमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट प्रतिवेदनसहित आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले छलफल गरेर पारित गरेको हो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search