Epost Nepal

हात्तीको दाह्रा तस्करी मुद्दामा फरार युवक तीन महिनापछि पक्राउ

२३ मंसिर, काठमाडौं — संरक्षित वन्यजन्तु हात्तीका दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरणसम्बन्धी मुद्दामा फरार रहेका कैदी पक्राउ परेका छन्। गोरखा सिरानचोक–८ का २२ वर्षीय सविन गुरुङ, जो भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा सजाय भुक्तान गर्दै थिए, तीन महिनापछि प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सोमबार तार्केश्वर–मनमैजु क्षेत्रबाट गुरुङलाई पक्राउ गरिएको हो। उनी पछिल्लो समय यतै क्षेत्रमा बस्दै आएको प्रारम्भिक जानकारी छ।

काठमाडौँ जिल्ला अदालतले २०८१ भदौ २८ गते उनलाई ६ वर्ष कैद सजाय सुनाएको थियो। पक्राउ परेका गुरुङलाई पुनः केन्द्रीय कारागार कार्यालय, सुन्धारामा पेस गरिएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search