Epost Nepal

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले हालको अन्तरिम सरकार आम सहमतिका आधारमा गठन गरिएको बताएका हुन्।

राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं। महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं।उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरे।

उनले भने, “अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ।राष्ट्रपति पौडेलले समयमै निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको मुख्य कार्यभार भएकोमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, शासन व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय नागरिक समाजलाई सहमति सहकार्यका साथ निर्वाचनको सफलताको लागि क्रियाशील हुन आह्वान गरेका छन्। उनले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गर्दै अप्ठ्यारो परिस्थितिबाट पार लगाउन सबै मिलेर काम गर्नुपर्ने बताए।

नवपुस्ताको जनचाहना अनुसार तत्कालीन समयमा जे जति गर्न सकिन्थ्यो हामी सबैले मिलेर गरेका छौं। मुलुक फेरि एकपटक परिवर्तनको नवमार्गमा प्रवेश गरेको ,” उनले भने। राष्ट्रपति पौडेलले भदौ २४ पछि उत्पन्न राजनीतिक अप्ठ्यारो रिक्तता सम्हाल्न भूमिका निर्वाह गरेको पनि उल्लेख गरे।

उनले सबैलाई लोकतन्त्र संविधानको भावना अनुरुप काम गर्न आग्रह गर्दै भने, “सुशासन बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन, सामाजिक न्यायलाई प्राथमिकतामा राखे मात्र संविधानले परिकल्पना गरेको समतामूलक समृद्ध नेपाल सम्भव छ। जेनजी पुस्ताले अहिले मागेको भ्रष्टाचार बेथिति अन्त्य होस् भन्ने कुरा सबैले मनन गरौं सुध्रिएर अघि बढ्ने अठोट गरौं।

सम्बोधनको क्रममा राष्ट्रपति पौडेलले पछिल्लो भदौ २३ २४ गते भएको अकल्पनीय मानवीय भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search