Epost Nepal

कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

२० मङ्सिर, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका छन् ।

चीनको औपचारिक चार दिने भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताए ।

कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो । ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,’ ओलीले भने, ‘हाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति) छ ।’

निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘चुनावमा हामी हरेकले बहुमत ल्याउने कोसिस गरौँला, आउँछ भन्ने हामीलाई विश्वास छ । विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, नत्र अरु तरिका होलान्,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search