Skip to main content

Epost Nepal

नेपालले बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको छ: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

२० मङ्सिर, काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालले विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको बताएका छन् ।

‘आर्कविल्ड एक्स्पो २०२४’को काठमाडौंमा बिहीबार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले बौद्धिक पलायतको समस्या समाधानको पहल लिनुपर्ने बताए ।

‘दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञ, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिब देशले ब्रेन ड्रेन अर्थात बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ,’ उनले भने ।

नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षसमेत रहेका भट्टराईले नेपालजस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *