Epost Nepal

आगामी निर्वाचन पहिले एकताबद्ध माओवादीहरू बन्नुपर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाइ

३ कात्तिक, चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी पार्टीहरू एकजुट गर्नका लागि आफूले पहलकदमी लिने बताएका छन् ।

चितवनमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगतमा पार्टी विभाजन गरेर अलग भएकाहरूलाई एकजुट बनाउनुपर्ने बताए ।

‘विप्लवजीको होस या अरु पनि माओवादी आन्दोलनबाट अलग भएका धाराहरू हामी एउटै स्कुलबाट, एउटै मूल प्रवाहबाट प्रवाहित भएका भंगालोहरू हौं । हामी सबै एकै ठाउँमा केन्द्रित हुनैपर्छ । इतिहासले, विज्ञानको निमयले पनि के भन्छ भने एउटै स्कुल र मूलप्रवाहबाट जन्मेका विभिन्न धारा र भंगालाहरू एउटा अर्को ठाउँमा पुगेपछि ती एकताबद्ध हुन्छन्,’ दाहालले भने, ‘तिनलाई एकताबद्ध गरिन्छ । अब समय आएको छ, हामीले २०८४ पुग्दासम्म हामीले यो आन्दोलनलाई एकताबद्ध गरेर मात्रै जनताका आशाअपेक्षा अनुसार समाजवादका समाजवादका भ्रुणहरू रोप्न सकिन्छ । समाजवादको उत्पादन आधारहरू तयार पार्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

माओवादीलाई २०६४ सालको निर्वाचनमा जस्तै उपलब्धि हासिल गर्ने बनाउनका लागि आगामी निर्वाचन पहिले एकताबद्ध माओवादीहरू बन्नुपर्ने दाहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search