Epost Nepal

सरकार फेरबदलका लागि बाहाना नपाएपछि कांग्रेस-एमालेले संविधान संशोधनको एजेण्डा फ्याँके: पुष्पकमल दाहाल

७ असोज, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाएका छन् ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा सोमबार भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले सरकार फेरबदलका लागि बाहाना नपाएपछि कांग्रेस-एमालेले संविधान संशोधनको एजेण्डा फ्याँकेको बताए ।

‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ अध्यक्ष दाहालले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’

वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको बताए ।

उनले भने, ‘कांग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसद्‌मा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’

कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।

संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै उनले संघीय निजामति ऐन संसदसम्म पुर्‍याउन १८ महिना लागेको, बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search