Epost Nepal

अहिलेका उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहन्छ: माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

६ असोज, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेका उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहने बताए ।

उनले भने, ‘संविधान संशोधनको जहाँसम्म कुरा छ, तीन वटै कोणबाट यसलाई हामीले विचार गरौँ । एउटा संविधान जारी गर्दाखेरि नै अहिलेसम्मको अनुभवको आधारमा हामी सबैले करिब करिब स्वीकार गरेको त्यही तार्किक संगति पनि नमिलेको केही पक्षहरु छन् । हामी सबै सहमत भएको अन्तरवस्तु । तर बुँदाहरु, धाराहरु मिलाउँदा एक अर्कासँग मिल्नेगरी, सरल ढंगले सबैले स्पष्ट हुनेगरी केही समस्याहरु छन् । त्यसलाई मिलाऔँ ।’

श्रेष्ठले सत्ता गठबन्धनले संविधान संशोधनको एजेण्डाकारुपमा बाहिर ल्याएको विषयले नै यसलाई विवादित बनाएको बताए । ‘अहिले सरकारमा रहेको पार्टीले र सरकारले स्पष्ट गरिसकेको छ । हामी समावेशी, समानुपातिक यो पक्षहरुमा हामी पछि हट्दैनौँ भनेर । परिमार्जन र विकास कसरी गर्ने ? अहिलेको उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी परिमार्जन र विकास गर्नेगरी साझा सहमतिका आधारमा संविधान संशोधन गरौँ । त्यसमा हाम्रो सबै सहयोग रहन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search