Epost Nepal

कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति होइन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

२७ भदौ, काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण नभएको दाबी गरे ।

सभापति देउवाले आफूले सबैलाई मिलाएर अघि बढाउन चाहेको बताए । उनले कांग्रेस र एमालेबीच सरकार बनेपछि देशभरि कांग्रेसका नेता कार्यकर्ताहरूमा खुसीयाली छाएको र उत्साह रहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए । डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ । यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ । सबै साथीहरु खुसी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ । त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन ।’

देउवाले मुलुकलाई अघि बढाउन सबैलाई मिलाएर लैजान चाहेको बताए । उनले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीलाई अघि बढाउन युवा शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search