Epost Nepal

अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोध: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

२७ भदौ, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको बताए ।

उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप विस्तार आफूहरूले चाहेको बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

महामन्त्री थापाले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए ।उनले भने, ‘हामी संविधान संशोधनमार्फत् संघीयतालाई मजबुत बनाउन चाहन्छौँ । लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई अरु थप विस्तार गर्न चाहन्छौँ । तर त्यो विस्तार गरिरहँदै गर्दा त्यसलाई मजबुत बनाउनका लागि हिजो संविधान बनाउँदै गर्दा कतिपय कुरामा ध्यान नपुगेको होला, कतिपय कुरा हामीले ओभरलुक गरेका होलाऔँ । कतिपय त्यो बेलाको राजनीतिक बाध्यताहरु थिए होलान् । कतिपय हामीलाई यस्तो गर्दा पो राम्रो हुन्छ की ? भन्ने विषयहरू पनि होलान् । ती सबै काम हामीले संविधानको पुनरावलोकनमार्फत् गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search