Skip to main content

Epost Nepal

अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोध: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

२७ भदौ, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको बताए ।

उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप विस्तार आफूहरूले चाहेको बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

महामन्त्री थापाले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए ।उनले भने, ‘हामी संविधान संशोधनमार्फत् संघीयतालाई मजबुत बनाउन चाहन्छौँ । लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई अरु थप विस्तार गर्न चाहन्छौँ । तर त्यो विस्तार गरिरहँदै गर्दा त्यसलाई मजबुत बनाउनका लागि हिजो संविधान बनाउँदै गर्दा कतिपय कुरामा ध्यान नपुगेको होला, कतिपय कुरा हामीले ओभरलुक गरेका होलाऔँ । कतिपय त्यो बेलाको राजनीतिक बाध्यताहरु थिए होलान् । कतिपय हामीलाई यस्तो गर्दा पो राम्रो हुन्छ की ? भन्ने विषयहरू पनि होलान् । ती सबै काम हामीले संविधानको पुनरावलोकनमार्फत् गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *