Skip to main content

Epost Nepal

न्याय परिषद्को बैठक निष्कर्षविहीन

९ भदौ, काठमाडौँ – न्याय परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।

सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको हो ।

हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति हुँदा नसक्दा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गएको छ ।

न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भएपनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *