Epost Nepal

एमालेको नियत नै बुझ्न सकिएन: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

५ भदौ, काठमाडौँ -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा एमालेसँग सहकार्य गर्नु गलत भएको बताएका छन् ।

कांग्रेससँगको सहकार्य लामो समय जान नसक्ने देखेरै आफूले वाम एकताका लागि एमालेसँग गठबन्धन गरे पनि त्यो सहकार्य गर्नु गलत भएको बताएका हुन् ।

वाग्मती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीबीच बुधबारबाट सुरु दुईदिने परामर्श बैठकमा दाहालले एमालेसँग गठबन्धन गर्नु गलत भएको स्विकार गरेका हुन् ।

‘कांग्रेससँग लामो समय जाँदैन भन्ने लागेर एमालेसँग सहकार्य सुरु भयो । मित्रहरूले केपी शर्मा ओलीको जिम्मा लिन्छौं, वामहरू मिलौं भनेपछि मैले पनि पत्याएँ,’ उनले भने, ‘त्यतिबेला एमालेसँग गठबन्धन गर्नु गल्ती भएछ । उसको नियत नै बुझ्न सकिएन ।’

प्रधानमन्त्री ओलीले धोका दिए पनि वामपन्थी एकताका लागि आफूले निरन्तर जोड दिइरहने उनले बताए । ‘मुद्दा मिल्नेसँग मोर्चा गरेर जाने हो । विचार मिल्नेसँग वाम एकता गर्ने हो,’ दाहालले भने ।

२०७९ को आमनिर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री बनाउन नमानेपछि एमालेको सहयोगमा आफू प्रधानमन्त्री बनेको र त्यही कारणले पछिल्लो समय कांग्रेसले एमालेसँग गठबन्धन गरेको पनि दाहालको बुझाइ छ । ‘मैले त राम्रै नियतले एमालेसँग गठबन्धन गरेको थिएँ । तर त्यो धोका भयो,’ उनको भनाइ थियो ।

अब माओवादी आफैं सरकार बनाउन नलाग्ने र सरकार बनाउन माओवादीको खोजी गर्नुपर्ने दिन आउन धेरै समय पनि नलाग्ने उनको भनाइ थियो । ‘सरकारमा छैनौं तर सदनमा छौं । तत्काल सरकारमा जानतिर लाग्नु हुँदैन । तर सरकारमा जानै हुँदैन भन्ने कुरा पनि सही होइन,’ दाहालले भने, ‘सरकारमा जान हतार गर्दैनौं, तर यस्तो दिन आउन पनि समय लाग्ने छैन, जुन दिन सरकार आफैं हामीसँग आउनेछ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search