Epost Nepal

सदाचारको पक्षमा नउभिने कुनैपनि संस्थामाथि कडा कारबाही हुने गरी तत्काल कानूनी व्यवस्था गर्न सरकारलाई सांसदहरुको दबाब

५ भदौ, काठमाडौँ – राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुने गरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उनिहरुले सहकारी ठगहरुको सम्पत्ति तत्काल राज्यले जफत गरी अनुसन्धान अघि बढाउनुपर्ने र पीडितहरुको बचत रकम फिर्ता गर्नुपर्ने माग गरे ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनैपनि संस्थामाथि कडा कारबाही हुने गरी तत्काल कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । उनले गरिबको पैसामा मोज गर्ने ठगहरुलाई तत्काल कडा कानून बनाएर कारबाही गर्ने काममा ढिलाइ नगर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुवेदीले भने, ‘यो एउटा आन्दोलनकै रुपमा अगाडि आउनुपर्‍यो कि बद्‌मासी गर्नेहरुलाई सजायनै गर्नुपर्‍यो । सजाय मात्रै होइन, यिनको सम्पत्ति पनि छ । यिनको सम्पत्ति नयाँ कानून बनाएर तुरुन्तै कब्जा गर्नुपर्छ । र पीडितलाई त्यो पैसा फिर्ता गराउनुपर्छ । गरिब जनताको पैसामा मोज गर्नेहरुलाई कडाभन्दा कडा कानून बनाएर जानुपर्छ भन्ने मलाई लाग्छ ।’

प्रतिपक्ष नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सदाचार नीतिलाई लागू गर्दै मुलुकमा विद्यमान भ्रष्टाचार लगायत अनैतिक कामहरुको अन्त्य गर्ने काममा सरकार र संसद दुवैले जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले नयाँ पुस्तालाई सदाचारको नीतिअनुसार अघि बढाउन नसकेको मुलुकको विकास र समृद्धि सम्भव नहुने समेत स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद वामदेव गौतमले सरकारले सदाचार नीति लागू नगर्ने कुनैपनि निकायमाथि कडा कारबाही हुने व्यवस्था गर्नुपर्ने बताए । उनले विद्यालयमा सदाचार नीति नभए अनुदान नदिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search