Epost Nepal

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत

३० साउन, धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३६ मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका प्राप्तिका लागि २७ मत भए पुग्छ । प्रदेश सभाको बैठकमा ४५ जना उपस्थित थिए ।

१० दिनअघि साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ मत पाएका हुन् ।

विपक्षमा ८ मत परेको छ । एकीकृत समाजवादीका ४ र माओवादीका ४ मत मत विपक्षमा परेको छ । माओवादीका १० सांसदमध्ये ६ जना अनुपस्थित रहेका थिए । यस्तै राप्रपा अनुपस्थित र स्वतन्त्र सांसदको मत तटस्थ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search