Epost Nepal

पार्टीका सबै पदाधिकारीहरूले राजीनामा दिनुपर्ने माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको प्रस्ताव

१६ साउन, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीका सबै पदाधिकारीहरूले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

मंगलबारसम्म चलेको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन अपनाउनुपर्ने विकल्पहरु प्रस्ताव गरेका थिए । त्यसमध्ये एउटा प्रस्ताव थियो, विधानको पालना गर्ने नेता–कार्यकर्ता ।

‘विधान पालनाको कुरा हामी अरुका निम्ति मात्र गर्छौं । तर आफूले पद पाउँदा सबै कुरा बिर्सन्छौं’, गजुरेलले भनेका थिए । विधान पालनाकै सन्दर्भमा उनले अहिलेकै पदाधिकारी संख्या पनि विधान बमोजिम नरहेको सम्झाएका थिए ।

‘हाम्रो पदाधिकारी १५ जना हुने भन्ने थियो । २१ जना भइयो । यो विधानको उल्लङ्घन हो, विधानमा एउटा कुरा भन्ने र अर्को निर्णय गर्नु हुन्न’, गजुरेलको तर्क थियो ।

पार्टी सुधारको अभियान यही गल्ती सच्याएर थाल्नुपर्ने उनले बताएका थिए । त्यसका लागि पदाधिकारीहरुले सामूहिक राजीनामा दिने विकल्प गजुरेलले राखेका थिए । ‘अध्यक्षलाई हामी सबैले सामुहिक राजीनामा दिऔं । किनकि हाम्रो यो संख्याले विधानको उल्लङ्घन भएको छ’, गजुरेलले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search