Skip to main content

Epost Nepal

विशेष अदालतले तत्कालीन मुख्यसचिव डा. व‌ैकुण्ठ अर्यालसँग माग्यो ५० हजार रुपैया धरौटी

१३ साउन, काठमाडौं – भ्रष्टाचारको आरोप लागेका तत्कालीन मुख्यसचिव डा. व‌ैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैया धरौटी मागेको छ ।

अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको थुनछेक बहसपछि विशेषले आइतबार अर्यलासँग धरौटी मागेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र रामबहादुर थापाको इजलासले अर्याललाई धरौटी लिएर रिहा गर्न आदेश दिएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते  तत्कालीन मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बनमा परेका थिए । त्यसपछि उनलाई सरकारले राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको विशेष पद सिर्जनागरी जगेडामा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *