Skip to main content

Epost Nepal

सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

९ साउन, काठमाडौं – सौर्य जहाज दुर्घटना छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखरा उडान भरेको सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइनको जहाज बिहान ११:११ मा विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको निधन भएको छ भने पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *