Skip to main content

Epost Nepal

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु एकजना पाइलटको उपचार हुँदै

९ साउन, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *